latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, १३ कार्तिक ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता नैनसिं महरले नेपाली जनताले चाहेको राजनीति विपीले देखाएको बाटो उपयुक्र्त भएको बताउनुभएको छ । जनताको पक्षमा काम गर्नका लागि अब काँग्रेस जनताको घरदैलोमा पुग्नुपर्नेमा नेता महरको जोड थियो ।
नेपाली काँग्रेस तानसेन नगर सम्मेलनको सोमबार तानसेनमा उद्घाटन गर्दै सम्भावना भएपनि त्यसलाई नदेखेकै कारण अहिलेको परिस्थिति आएको बताउनुभयो । हिजोका दिनमा अवस्था फरक थियो तर अहिले परिस्थिति बदलिएकाले जनताले के चाहेको छन् भन्ने कुरालाई ध्यान दिनुपर्ने बेला आएको महरले बताउनुभयो ।
नेता महरले जनताले स्थायी शान्ति र दिगो विकास चाहेको बताउँदै आगामी दिनमा जनताको मनोभावना बुझेर मात्र अघि बढ्न सुझाव दिनुभयो । उहाँले नेपाली जनताको पक्षमा काम गर्दै गर्दा पनि कतिपय अवस्थामा नेताबाट गल्ती भएको भए जनताले पनि सुधारका लागि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजनप्रसाद पन्तले जनताको पक्षमा काम गर्नुपर्ने बेला आएकाले अब सबैले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस सभापति हिमालदत्त श्रेष्ठले जनताको घरदैलोमा पुगेर उनीहरुको अवस्थाबारे बुझेर आगामी दिनमा राजनीतिक रणनीति अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेशसभा सदस्य तथा काँग्रेसका पूर्व सभापति बीरबहादुर रानाले अब आफैबाट सुधार गरेर अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, नेपाली काग्रेस नगर सभापति सुवर्णमुनी शाक्य, सचिव शैलेन्द्र भटराई लगायतले नगर सम्मेलनले आगामी दिनमा काँग्रेसलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय