latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा , कार्तिक १३

रामपुर नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा तरकारी तथा प्याजको वेर्ना वितरण गरेको छ । नगरपालिकाले आफैले उत्पादन गरेको काउली , ब्रो काउली , बन्दा र प्याजका वेर्ना वितरण गरेको हो । प्रचलित बजार मूल्यको ५० प्रतिशत अनुदानमा एभरेष्ट ग्रीन जातको ब्रोकाउली , सुपर ह्वाईट टप जातको काउली , ग्रीन टप बन्दा , रेड क्रियोल र नासिक– ५३ जातको प्याजको वेर्ना कृषकहरुलाई वितरण गरेको छ । नगरपालिकाले ब्रोकाउली प्रति वेर्ना ३ रुपैयाँ , काउली र वन्दा २ रुपैयाँ ५० पैशामा वितरण गरेको छ भने वितरणको तयारीमा रहेको प्याजको वेर्ना १ रुपैयाँको १० वटाका दरले वितरण गर्नेछ । पहिलो दिन सोमबार ब्रोकाउली  २ हजार ३ सय १ , काउली २ हजार ६ सय ८९ र वन्दा २ हजार ६ सय ५५ गरी जम्मा ७ हजार ६ सय ४५ वटा वेर्ना वितरण गरिएको छ ।

सहुलियत दरमा तरकारीको वेर्ना पाए पछि कृषकहरु खुशी भएका छन् । बाहिर किन्नुपर्दा लागत धेरै लाग्ने र अहिले नगरपालिकाले अनुदानमा वेर्ना वितरण गर्दा कृषकहरुलाई  राहत महसुस भएको रामपुर ४ सदावर्त पाल्पाका व्यवसायीक कृषक विनोद श्रेष्ठले बताउनुभयो । उन्नत जातको ब्रोकालउली , काउली ,वन्दा र प्याजको वेर्ना नगरपालिकाले सहुलियत दरमा दिए पछि आफु हर्षित भएको पुलामी कृषि तथा पशुपछिं फमका सञ्चालक महेन्द्र बहादुर पुलामीले बताउनुभयो । आफुले ब्रोकाउली , काउली , बन्दा गरी २३ सय वेर्ना न्यून मुल्यमा पाएपछि थप हौसला मिलेको सुनाउनुभयो । विगतको बर्षमा बाहिर बढि लागतमा वेर्ना किनेर लगाए पनि यस बर्ष नगरपालिकाले नै ५० प्रतिशत अनुदानमा तरकारीको वेर्ना पाउँदा खुशी लागेको रामपुर ६ विजयपुरका कृषक प्रेमराज गैरेले बताउनुभयो ।

सोमबार कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वेर्ना वितरण गर्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले कृषकहरुको राहत र प्रोत्सहानका लागि अनुदानमा वेर्ना वितरण गरिएको बताउनुभयो । उहाँले तरकारी खेतिमा कृषकहरुलाई आकर्षित गरि उत्पादनमा वृद्धि संगै नगरलाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कृषकहरुको माग र आवश्यकताका आधारमा नगरपालिकाले वेर्ना अनुदानमा वितरण गरेको उपप्रमुख थापाले बताउनुभयो । साथै वेर्नाको सही सदुपयोग र हेरचाह गरी राम्रो उत्पादनका लागि ध्यान दिन कृषकहरुलाई आग्रह समेत गर्नु भएको छ । नगरपालिकाले अहिले करिब ४० हजार ब्रोकाउली , काउली र बन्दाको वेर्ना वितरण गरिने उहाँले बताउनु भएको छ ।

कृषकहरुको मागको आधारमा यही कार्तिक १८ गते सम्म अनुदानमा वेर्ना वितरण गरिने रामपुर नगरपालिका कृषि शाखाका जेटिए युवराज नेपालीले बताउनुभयो । माग गर्न सकिने वेर्नाको परिमाण कृषकले लगाउने क्षेत्रको आधारमा उपलब्ध गराईएकाले वेर्ना आवश्यक पर्ने कृषकले समयमै कृषि शाखामा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ । नगरपालिकाले प्याजको वेर्ना भने आगामी कार्तिक २० गते देखि मात्रै कृषकहरुलाई वितरण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय