latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, कार्तिक २

जिल्ला प्रहरी कार्यालय पाल्पाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जिल्ला कारागार पाल्पाको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुभएको छ । बिहिबार कारागार निरिक्षणका क्रममा प्रहरी प्रमुख शर्माले सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभयो । कारागार कार्यालयको निरीक्षणको क्रममा पुरुष बन्दी गृहका प्रत्येक कोठामा पुगी कैदी बन्दीहरुलाई विजयादशमी, दिपावली,छठ लगायतका पर्वहरुको शुभकामना आदानप्रदान समेत सम्पन्न भएको छ ।

निरिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठ, कारागार कार्यालय पाल्पाका प्रमुख भगवानभक्त अर्यालले पुरुष सुधार गृह भित्र प्रवेश गरी बन्दी गृहको अवलोकन गर्नुभएको थियो । कार्यक्रममा प्रहरी प्रमुखको टोलीले बन्दी गृहमा रहेको भान्छाघरको अवस्था निरिक्षण गर्दै, कैदी बन्दीहरुको साथमा खाना समेत खानुभएको थियो । कारागारका चौकीदारले प्रहरी प्रमुखसंग संगै बसी खाना खान पाउदा विषय परिस्थितीलाई बिर्सेर अपनत्व महशुस भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय