latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असोज ३०
माथागढी गाउँपालिकाको सराईमा खेलकुद पत्रकार मन्च पाल्पा र माथागढी गाउँपालिकाका जनप्रतिनिधी बीच मैत्रीपूर्ण फुटवल प्रतियोगीता हुने भएको छ । मंगलबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले यही कात्र्तिक ३ गते सराई मैदानमा मैत्रीपूर्ण फुटवल प्रतियोगी हुने जानकारी दिनुभयो ।
अध्यक्ष चिदीले खेलकुद पत्रकार मन्चले फुटबल प्रतियोगीताका लागी प्रस्ताव राख्यो र कार्यपालिकाले त्यसलाई सहजै स्वीकार गर्दै खेल सन्चालन गर्ने निर्णय भएको बताउनुभयो। स्वास्थ्य राम्रो बनाउन खेलकुदको भुमिका महत्त्वपूर्ण हुने बताउदै अध्यक्ष चिदीले स्वास्थ्यका लागी औसधीको काम खेलकुदले गर्ने भएकाले स्वास्थ्यलाई राम्रो बनाउन खेल खेल्नुपर्ने बताउनुभयो । गाउँपालिकाले खेलकुदमा फड्को मार्न र माथागढीको समथर भुमिमा खेल संरचनाको बिकास गर्न यो राम्रो अवसर भएको यहाँको धारणा थियो । सराई खेल मैदान सबै पाल्पालीको साझा मैदानको रुपमा बिकास गर्न पाल्पाका सबै स्थानीय तहसंग समन्वय अगाडी बढाईएको अध्यक्ष चिदीले बताउनुभयो । पत्रकार र जनप्रतिनिधि बिच हुने खेलले एक आपसमा मित्रता र भाइचारा कायम गर्न सफल हुने उहाँको बिश्वास थियो ।
नेपाल पत्रकार महासघ पाल्पाका अध्यक्ष रेखिराम रानाले पत्रकार र जनप्रतिनिधि बिचको खेलले खेल पुर्बाधार बिकास गर्न र सराई मैदानको प्रचार टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम खेलकुद पत्रकार मन्च जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष माधब अर्यालको अध्यक्षता र सचिब बिजय बौडेलको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय