latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असोज २५
नेपाली काँग्रेस पाल्पाले नजिकिदै गरेका चाडपर्वहरुलाई सुरक्षित र सजक तरिकाले मनाउन आम पाल्पाली नागरिकलाई आग्रह गरेको छ । हिजो एक अपिल सार्वजनिक गर्दै नेपाली काग्रेस पाल्पाका सभापती हिमालदत्त श्रेष्ठले अस्तव्यस्त सडकका कारण दुर्घटना हुन सक्ने र चाडपर्वका कृत्रिम अभाव सिर्जना गरी मृल्य वृद्धि हुँदा सर्वसाधारण समस्यामा परेकाले त्यसतर्फ ध्यान दिन तीनै तहका सरकारलाई अपिल गर्नुभएको छ ।
अपिलमा भनिएको छ । इजरायलमा नेपाली विद्यार्थीहरु माथि हमासद्वारा गरिएको अमानवीय आततायी क्रूर आक्रमणको भत्र्सना गर्दै दिवंगत नेपाली विद्यार्थी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेका छन् ।
‘नेपालीहरुको महान पर्व घरदैलोमा आइरहेको अवस्थामा बजारमा चाडपर्वका लागि चाहिने अत्यावश्यक वस्तुहरुमा अत्याधिक मूल्य वृद्धि तथा कतिपय वस्तुहरुको कृत्रिम अभाव समेत भइरहेको अवस्था विद्यमान छ भने अर्को तर्फ वर्षात र बाढी पहिरोका कारण राजमार्ग तथा ग्रामीण सडकहरु भत्केका, विग्रेका र खाल्डा खुल्डी परी गाडी आवत जावतमा समेत असहज अवस्था सिर्जना भएको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको देखिदैन । यस्तो अवस्थामा तीनै तहका सरकारको ध्यान जाओस्’ सभापति श्रेष्ठको अपिलमा भनिएको छ । बजारमा देखिएको कृत्रिम अभाव र अत्याधिक मूल्य वृद्धि नियन्त्रण गरी सर्वसाधारणलाई चाहिने उपभोग्य वस्तु र सामानहरुको सहज उपलब्ध गराउन उनले सरकारलाई आग्रह गरे । सभापति श्रेष्ठले बाढी पहिरोका कारण भत्केका सडक मर्मत सम्भार र खाल्डा खुल्डी पुर्ने काम तुरुन्त गरी चाडपर्वमा यात्रुलाई सहज आवागमन गर्ने व्यवस्था मिलाउन समेत संघीय, प्रदेश र स्थानीय सरकार समक्ष जोडदार माग गरेको अपिलमा उल्लेख छ ।

यस्तै विगत केही दिनदेखि नेपालका विभिन्न ठाउँमा सामाजिक सद्भाव खलबलिने खालका गतिविधिहरु भइरहेको प्रति पनि उनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सभापति श्रेष्ठले त्यस्ता गतिविधिहरुलाई निरुत्साहित गरी सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध यथावत कायम गराउन, नेपाल सरकार, सबै राजनीतिक दल, सामाजिक संघ संस्था तथा सरोकारवाला सबैमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय