latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, असोज २४
जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले तानसेनको बसपार्कमा यात्रु सहायता कक्ष निमार्ण गरेको छ । नजिकदै गरेका ठूला चाडवाडलाई मध्यनजर गर्दै तानसेनको बसपार्कमा यात्रु सहायता कक्ष निमार्ण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताउनुभयो ।
बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सवारी साधनको चाप एवं यात्रुहरुको आवतजावत बढ्दै जाने भएको हुँदा सवारी साधनको चापलाई ब्यवस्थापन गर्न, यात्रुहरुको समस्या तत्काल सुनुवाई गरी समस्या समाधान गर्न र सवारी दुर्घटना न्युनिकरण गर्नका निमित्त यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका कार्यालय प्रमुख हेरम्ब शर्माले बताउनुभयो ।
कार्यक्रममा जिल्लाका सम्पुर्ण सुरक्षा निकायका प्रमुखहरु, यातायात समितिका पदाधिकारीहरु, व्यापार संघका प्रनितिधिहरु, रेड्क्रसका प्रतिनिधि, वडा अध्यक्ष, स्थानिय, सवारी चालक तथा सहचालकहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय