latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, असोज २२
पाल्पाको रामपुरमा पहिरोले जेसिबी सहित चालकलाई पुरेको छ । पहिरोमा परि जेसिबि चालक दाङ्ग जिल्ला शान्तिनगर गाउँपालिका १ का ३० बर्षिय धनबीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रामपुर नगरपालिका वडा न १० मा सडक मर्मतको क्रममा पहिरो खस्दा जेसिबी र चालक पुरिएका हुन् । पहिरोमा परि घाईते भएका चालक खड्काको उपचारको क्रममा आज बिहान करिब ३ बजेको समयमा युनाईटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
रामपुरको मिलन चौतारी देखि टोक्से जाने पुरानो मोटर बाटो सफाइ गर्ने क्रममा सडक माथि बाट खसेको पहिरोले बा २ ख १९५७ नम्बरको जेसिबि पुरेको थियो ।
घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय