सुशीला रेग्मी
रामपुर (पाल्पा), २० असोज

नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । नगर कार्य समिति सभापति नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा भएको नगर सम्मेलनका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेल रहनु भएको हो ।
नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य पौडेलले पार्टीभित्र आमजनताबाट नेतृत्व चुनिने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्नुहुदै पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अगाडी बढाउन सक्षम, योग्य नेतृत्व चयन गर्ने अधिकार आमनागरिकमा दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ । आमनागरिकबाट नेतृत्व चयन गर्ने व्यवस्था लागु भयो भने पार्टीभित्र हुने गुटबन्दीको अन्त्य हुने नेता पौडेलको भनाई छ ।
देशको महत्वपूर्ण कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस पार्टी अहिले कांग्रेसको पहिचान भन्दापनि कांग्रेसभित्र गुटको पहिचान रहेको नेता पौडेल बताउनुहुन्छ । नेपाली समाजको पार्टी रहेको कांग्रेस प्रतिष्पर्धामा खुल्ला ढंगले उत्रनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जिल्लाका सबै वडा र पालिकामा भेला सम्पन्न गरिसकेको जानकारी गराउनुहुदै पार्टिमा योगदान गरेका ज्येष्ठ सदस्यलाई सम्मान, पार्टि सुदृढीकरण, सामाजिक कार्य र हितका विभिन्न कार्यमा पार्टिले महत्वपूर्ण काम गरेको बताउनुभएको छ ।
पार्टीको राजनैतिक गतिविधि समेटिएको प्रतिवेदन नगर सभापति नेत्रप्रसाद भट्टराई, सांगठनिक प्रतिवेदन नगर सचिव ओमप्रकाश बस्याल र आर्थिक प्रतिवेदन मोहन भट्टराईले प्रस्तुत गर्नु भएको छ । नेपाली कांग्रेस रामपुर नगर कार्य समिति उपसभापति देवबहादुर थापा मश्राङ्गीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन नगर सचिव चिरञ्जीवी सिग्देल र सहभागीलाई धन्यवाद नगर उपसभापति ज्ञानप्रसाद भण्डारीले दिनुभएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश कार्य समिति सदस्य कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समिति सदस्य तथा नेपाल महिला संघ क्षेत्रीय सभापति विष्णुमाया ढकाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समिति सदस्य सन्दिप राना, गैर आवासिय संघका सचिव नारायण काफ्ले, नेपाली कांग्रेस जिल्ला उपसभापति ज्ञानबहादुर गाहा, नेपाली कांग्रेसका महासमिति सदस्य तथा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, नेपाली कांग्रेस पुर्व जिल्ला उपसभापति तथा महासमिति सदस्य देवराज ढकाल, नेपाली कांग्रेस पाल्पा क्षेत्र नं १ का क्षेत्रीय सभापति झमनराज मगर, क्षेत्र नं २ का क्षेत्रीय सभापति मुक्तिराम जिसी, महाधिवेशन प्रतिनिधि हजिलदिन मिया, नेपाल महिला संघ नगर सभापति शारदा आचार्य, वडा सभापतिको तर्फबाट रामपुर नगरपालिका वडा नं ७ का वडा सभापति दुर्गाप्रसाद भट्टराई लगायतले पार्टिका गतिविधि सम्बन्धमा आफ्ना धारणा राख्नुभएको छ । नेपाल शिक्षक संघ रामपुर नगर कार्य समितिले शिक्षक संघ नगर सभापति डोलराज रेग्मीको संयोजकत्वमा शिक्षा सम्बन्धि विविध माग समेटिएको मागपत्र पेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय