latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३
पाल्पा, रामपुर नगरपालिकाले सडकको दायाँवायाँ रहेका रुख , विरुवा र वुट्यान कटानी छटानी गरेको छ ।  रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको संयोजकत्वमा नगर भित्रका सडकको छेउछाउमा रहेका रुख विरुवा फडानी गर्ने अभियान शनिबार देखि सुरु गरेको हो । कटानी छटानी एवं सरसफाई कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाको वेझाँड बजार देखि किसानबारी सम्म र कालिगण्डकी करिडोर अन्तर्गत वडा नं. ५ को मटेरी देखि वडा नं. ८ को तुरुन्दी खोला पुल सम्मको सडकका दायाँवायाँ रहेका रुख ,विरुवा र वुट्यान फडानी गरेको छ ।
   सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सडकको दायाँवायाँ रहेका रुख विरुवा र बुट्यानहरु फडानी गर्ने कार्यक्रम गरिएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । सडक छेउछाउमा रहेका रुख विरुवाले सवारी आवागमन छेकिने र दुर्घटना हुन सक्ने भन्दै यो अभियान थालिएको नगर प्रमुख थापाले बताउनुभयो । साथै उहाँले नगरपालिका भित्रका सडकको दायाँवायाँ रहेका रुख विरुवा तथा वुट्यानका कारण सडक दुर्घटना निम्त्याउन सक्ने हुँदा सडकको दायाँवायाँ रहेका उक्त रुख विरुवा सम्बन्धित व्यक्तिले कटानी गर्न अनुरोध समेत गर्नुभएको छ ।
    अगाडीको बाटो नै छेकिने गरी सडकको दायाँवायाँ रहेका रुख र बुट्यान सेना , प्रहरी , कर्मचारी र सरोकारवालाहरुको सभागितामा फडानी गरिएको वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले जानकारी दिनुभयो । यस्तै वडा नं. ७ का अध्यक्ष दोवराज तिवारीले सडक सुरक्षा र चाडवर्पको समयमा हुने सवारी आवागमनलाई मध्यनजर गर्दै गरिएको कटानी छटानीले दुर्घटना न्यूनिकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । ईलाका प्रहरी कार्यालय रामपुर , सुरक्षा वेस क्याम्प रामपुर , जनप्रतिनिधि , कर्मचारी र अन्य सरोकारवालाहरुको सहभागितामा फडानी तथा सरसफाई गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय