latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१
पाल्पा

नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले पाल्पामा २ जनालाइ ३० लाख रूपैयाँ प्रदान गरेकाे छ । इन्स्याेरेन्सले क्यान्सर लागेका ती दुइ व्यक्तिलाइ जीवन बीमा वापतकाे रकम प्रदान गरेकाे हाे ।

तानसेन नगरपालिका-५ की गंगा ठडराईलाई नेशनल लाइफ इन्स्याेरेन्सले २० लाख रूपैयाँ प्रदान गरेकाे छ । यस्तै रम्भा गाउँपालिका ३ की मन कुमारी साेमैलाइ १० लाख नेशनल लाइफले उपलब्ध गराएकाे हाे । निज दुबै जनाले २० लाख र १० लाखको ४-४ बर्षको किस्ता जम्मा गर्नु भएको थियो।

यस्तै दुइ महिनाअघि पनि पहिलो हृदयघात भए बापत तानपा -१२ का पुर्षोत्तम गैरेलाई पनि -५ लाख उपलब्ध गराएको थियो। नेशनल लाइफका पाल्पा शाखा प्रबन्धक उमेश गैरेले बीमाले जीवनमा समस्यामा परेकाहरूकाे जीवनमा सहजता प्रदान गर्न सहजीकरण गरेकाे बताउनुभयाे । उहाँले सानाे सानाे रकमकाे उचित व्यवस्था गर्दा जीवनमा पर्ने अप्ठ्याराेबाट मुक्ति प्राप्त गर्न सहज हुने बताउनुभयाे ।
जीवन बिमा किन गर्ने ?
भोलि कसले देखेको छ र ? तपाईंलाई कहिं कतै क्यान्सर, किड्नीफेल,हृदयघात,जस्ता प्राणघातक रोग लाग्यो,वा अशक्त भैहाल्यो भनेपनि तपाईंको परिवारलाई कहिल्यै अार्थिक दु: ख नपरोस् ,घर परिवारको खर्च निरन्तर चलोस्,कर्जाको कारण जायजेथा लिलामीमा नपरोस् भन्ने कामना गर्नुहुन्छ ? यदी गर्नुुहुन्छ भने तपाईं अाफ्नो अाम्दानी र बचत क्षमताको अाधारमा जीवन बिमा गर्नुहोस,अाज तपाईंले गरेको जीवन बिमाले तपाईं र तपाईंको परिवारको अार्थिक सुरक्षा मात्र होइन जीवन सुरक्षा समेत गर्न सहयोग पुर्याउँछ । सचेतनाका लागि
## त्यसैले बिमा जरुरी छ ##

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय