पाल्पा, रामपुर नगरपालिकाले वडा कार्यालय मार्फत मालपोतको राजश्व संकलन गर्ने भएको छ । वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजश्व संकलन गरिरहेको वडा कार्यालयबाट अब नगरबासीले मालपोतको राजश्व तिर्ने सेवा पाउने भएका छन् ।

नगरपालिकाले आगामी मंसिर महिना देखि नगरका प्रत्यक वडा कार्यालय बाटै मालपोतको राजश्व संकलन गर्ने भएको हो । सोमबार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । जनताको सेवा सहजताका लागि अब प्रत्यक वडा कार्यालयबाट मालपोतको राजश्व तिर्ने सुविधा दिईने रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । थोरै राजश्व तिर्नका लागि पनि धेरै समय खर्चेर नगरपालिकाको कार्यालयमा आउन पर्दा जनतालाई सास्ती भएको भन्दै छिटो सेवाका लागि वडा कार्यालय बाटै सेवा दिने निर्णय गरेको नगर प्रमुख थापाले बताउनुभयो ।

४० ÷५० रुपैयाँ मालपोतको राजश्व बुझाउन पनि नगरपालिकाको कार्यालयमा आउनु पर्ने सेवाग्राहीको समस्यालाई मध्यनजर गरेर वडा कार्यालयहरुबाटै छिटो र सहज रुपमा सेवा प्रदान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो ।यस्तै रामपुर नगरपालिकामा सञ्चालन हुने नगर स्तरिय योजना मंसिर मसान्त भित्र सम्झौता गरि सक्नु पर्ने निर्णय बैठकले गरेको रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले जानकारी दिनुभयो । उपभोक्ताको हित र गुणस्तरिय रुपमा समयमा योजना सम्पन्न गर्नका लागि मंसिर मसान्त सम्मका लागि सम्झौताको मिति तय गरिएको प्रवक्ता खाँणले बताउनुभयो ।

साथै यही असोज मसान्त भित्र हरेक योजनाको उपभोक्ता समिति गठन गर्नु पर्ने र कात्र्तिक मसान्त भित्र स्टमेट गरिसक्नु पर्ने पनि निर्णय गरेको छ । यस्तै कार्यपालिका बैठकले चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिका भित्रका सडकहरु दशै अगाडी नै मर्मत गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय