latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी पाल्पाले स्वास्थ्य बीमा कार्यक्रमकाे निरन्तरता, नियमित बजार अनुगमन, महंगी नियन्त्रण लगायतकाे माग गर्दै सचिवालय बैठक सम्पन्न गरेकाे छ ।

जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षता, एमाले पोलिटब्यूरो सदस्य दलबहादुर रानाको प्रमुख आतिथ्यता र पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज बैजनाथ चौधरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलको विशेष उपस्थितिमा बैठक बसेको जानकारी दिएकाे छ ।

बैठकले विभिन्न कारणले खाली रहेको जिल्ला कमिटी उपसचिवमा कार्यालय सचिव दीपक विश्वकर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तैगरी सदस्यहरुमा दुर्गा खनाल, इश्वरी गैरे, नेत्र गाहा, मुक्तिराम शर्मा,रामलाल श्रेष्ठ,,राजेश कुमार अर्याल,,शोभाखर भट्टराई ,बुद्धिसरा सुनार, निलकण्ठ भट्टराई,टेक बहादुर विक र सन्तोष बस्याललाई मनोनित गरेको सचिव रामजी पोखरेलले जानकारी दिनुभयो ।

यसका साथै बैठकले संगठनात्मक क्षेत्रमा गर्नुपर्ने महत्वपूर्ण कामहरुको अतिरिक्त जनताको प्रत्यक्ष सरोकारका विषयहरु समेटेर ६ वटा विशेष निर्णय गरेको विज्ञप्ती मार्फत जानकारी गराइएको छ । जसमा दैनिक उपभोग्य बस्तुहरुका साथै पेट्रोलियम पदार्थहरुमा भएको अत्याधिक मूल्य वृद्धिका कारण जनताको जीवन अत्यन्त कष्टकर बन्न पुगेको हुँदा मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसंग जोडदार माग गरिएको अध्यक्ष घिमिरेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तै सरकारको आफ्नै कारणबाट जातिय एवं सामाजिक सद्भाव विग्रर्दे गएको प्रति चिन्ता व्यक्त गर्दै सरकारलाई जिम्मेवार बन्न आग्रह समेत गरिएको छ ।

बैठकले युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजबाट प्रदान गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम बन्द भएकोमा सेवा तत्काल सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउने, ग्रामिण क्षेत्रमा वन्यजन्तुका कारण कृषकलाई बिस्थापित हुनुपर्ने अवस्था प्रति चिन्ता व्यक्त गर्दै वन्यजन्तुहरुको नियन्त्रण र व्यवस्थापनको निम्ती सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको सचिव पोखरेलले बताउनुभयो ।

मुलुकमा भष्ट्रचार, तस्करी बढ्दै गएकोले युवा जनशक्ति सहित आम जनमानसमा निरासा छाएकोले यस सम्बन्धमा प्रभावकारी कदम चाल्न र सुशासन, पारदर्शिता र जवाफदेहिता सहित सहज सेवा प्रवाहको निम्ती सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको एमाले पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय