latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

मानव अधिकार तथा शान्ति समाज पाल्पा शाखाकाे २४ औँ जिल्ला साधारणसभा सम्पन्न भएको छ । लुम्बिनी प्रदेेशका सांसद वीर बहादुर रानाले मुलुकमा  एकात्मक राज्य व्यवस्था अन्त्यसँगै संघिय लाेकतान्त्रिक गणतन्त्रात्मक   बहुदलमा आधारित बहुदलीय शासन व्यवस्था आएकाे बताउनुभयो ।

साधारणसभाकाे उद्घाटन गर्दै रानाले नेपाली जनताले धेरै प्रयास गरि ल्याएकाे संविधानले नागरिककाे अधिकार पूरा भएका छन वा छैनन ? आत्म समीक्षा गर्नुपर्ने बेला आएकाे बताउनुभयो । मानवअधिकार तथा शान्ति समाज पाल्पा शाखाले मानवअधिकारका कुरा गरिरदा मानवअधिकारसँगै प्रकृतिकाे पनि संरक्षण गर्नुपर्ने कुरालाई एकैसाथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो  । सस्थाले मानवअधिकार साथसाथै शान्ति र प्रकृतिसँग जाेडिएका कुरालाई सशक्त रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । देशकाे राजनितीक घटना क्रमले नेता र राजनीति प्रती हरेक व्यक्ति आकर्षण घटेकाे छ । संसदिय व्यवस्थामा व्यक्ति खराब भएका कारण व्यवस्था प्रभावित भएको बताउनुभयो ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका पुर्व अध्यक्ष गाेविन्द खनालले मानवअधिकार तथा शान्ति समाजले विगतका समय देखि देशका विषम परिस्थितिमा निस्वार्थ रूपमा अन्दाेलनमा स्वयंसेवी नागरिकहरूकाे रूपमा काम गरिरहेकाे बताउनुभयो  ।  शान्ति समाजले बिषेशत चुरे बचाउ,हिमाललय बचाउ अभियानलाई राष्ट्रव्यापी रूपमा अगाडि सारेको बताउनुभयो ।  हिमालय बचाउ, चुरे बचाउ र नदि बचाउ अभियान हरेक संघ सस्थागत,विद्यालयहरूमा बहस रूपमा अगाडि बढाउन आवश्यकता छ । वातावरणीय प्रभावले गर्दा यस्ता कुराहरू नष्ट हुदैछन । यस्काे संरक्षण गर्न सस्थाले देशै भरि अभियान सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कासिका गैरेले मानवअधिकार कुरालाई हरेक विद्यालय स्तरमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको कुरामा जाेड दिनुभयाे । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ  उपाध्यक्ष कृष्ण बहादुर रावलले स्थानीय,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकार तथा शान्ति समाजले अन्याय र अत्याचारका बिरूद्वमा आवाज बुलन्द गर्दै आएकाे बताउनुभयो । तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले समाजमा शान्ति सुव्यवस्था  स्थापित गराउनका लागि सस्थाले महाेत्व भुमिका खेलेको बताउनुभयो । विश्वमा हरेक देशका नागरिक शान्तिपुर्ण तरिकाले वाच्न पाउनुपर्छ भने उधेश्यले सस्थाले सहरानीय कार्य गरेको बताउनुभयो  ।

कार्यक्रममा पाल्पा जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरम्ब शर्मा,नेत्र ज्याेती संघका अध्यक्ष बुद्वि प्रसाद शर्मा,मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल,इतिहास बिद निर्मल श्रेष्ठ,सम्पूर्ण पत्रकारकाे तर्फबाट राजेन्द्र लिगल ,मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य धनपति खनाल ,मानवअधिकार तथा शान्ति समाजका रूपेन्देहीका अध्यक्ष  कृष्ण प्रसाद भट्टराई ,मानवअधिकार तथा शान्ति समाज गुल्मी सभापति डुन्डिराज पाेखरेल,सम्पूर्ण पुर्व सभापति तर्फबाट  शिव प्रसाद देवकोटा,महेन्द्रबाेधी विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीला श्रेष्ठ,महेन्द्र बाेधी माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव केसि,सम्पूर्ण जनप्रतिनिधिकाे तर्फबाट सुनिता श्रेष्ठले मन्तव्य राख्नुभएको थियाे ।

कार्यक्रममा सचिवकाे प्रतिवेदन सस्थाका सचिव सुशीला रेग्मीले प्रस्तुत गर्नुभएको थियाे । कार्यक्रम सस्थाका उपसभापति सन्तविर बरालकाे स्वागत  र सचिव सुशीला रेग्मीकाे सञ्चालन र अध्यक्ष रेनुका देवकोटाकाे अध्यक्षता सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय