बिन्दु थापा

पाल्पा, असौज ८

तानसेन नगरपालिकामा सर्दै आएको बेरुजु यस वर्ष १५ करोड ३० लाख ९ हजार ८७ रुपैयाँ महालेखा परिक्षकको कार्यालयबाट सम्परीक्षण गरिएको छ । आव २०७८।०७९ मा ७ करोड १६ लाख ५९ हजार १ सय ३५ रुपैयाँ बेरुजु देखाएकोमा सम्बन्धित संस्था तथा व्यक्तिमा ताकेता तथा असुल उपरको क्रम अगाडी बढाई २२ लाख ४५ हजार ८ सय ८४ रुपैयाँ बराबरको बैंक जम्माका भौचरहरु प्राप्त गरिएको प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवाली अन्य बाकी रहेका रकम पनि असुल गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

तानसेन नगरपालिकाले आर्थिक बर्ष ०७९।०८० को नीति,योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रमको आयोजना गरी बार्षिक समिक्षा कार्यक्रममा वडाका सचिवले वडामा भएका काम र हुन नसकेका काम तथा योजनाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै नगरपालिका कार्यालयका बिषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरूबाट प्रमुख तथा प्रतिनिधिहरुबाट वार्षिक प्रगति प्रस्तुत गरिएको थियो ।
समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगरपालिकाको समग्र बिकासका लागि कर्मचारी र जनप्रतिनिधी मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । कर्मचारीले कुनै पनि बिलम्ब नगरी जनताको सेवामा कुनै कसर बाँकी नराखी छिटो छरितो र स्तरिय सेवा दिन र हरेक योजना र बिकास निर्माणका कार्य सम्पादन समयमै गर्नु पर्ने जिकिर गर्नुभयो । उहाँले जनप्रतिनिधी एक्लै र कर्मचारी एक्लैले मात्र चाहेर कुनै पनि काम अगाडी नबढ्ने हुँदा सबैको सल्लाह सुझाव र अग्रसरतामा निश्चित समयमै कार्य सम्पादन गर्नुपर्ने बताउनुभया । सो अवसरमा बोल्दै नगर प्रवक्ता यादवसिंह कार्कीले नगरको समृद्धिका लागी सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले नगरका हरेक गतिबिधि लाई बिकाससंग जोड्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारी नंग र मासु भएकाले मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले एक सिक्काका दुईपाटा बनेका कर्मचारी र जनप्रतिनिधिले जनताको सेवकको रुपमा छिटो छरितो, बिश्वशनिया तरिकाले समयमै कार्य सम्पादन गरेमा मात्र जनप्रतिनिधीको चाहना र देशको समृद्धिको खुड्किलो पुराहुने कुरा बताउनुभयो ।

बरिष्ठ अधिकृत दुर्गा बहादुर थापाले लुहुङ्ग जोर्ते सडकको ट्रयाक ओपन कार्य सम्पन्न , सडक मर्मतका कार्यहरुबाट यातायातमा सहजता बजार क्षेत्रमा सहज यातायातको लागि स्पिडब्रेकर हटाइएको पर्यटन प्रवद्र्धनलाई संस्थागत गरिएको , श्रीनगर क्षेत्रमा रहेको खानेपानी अभावलाई पुरा गर्न १० लाख रुपैयाँको लागतमा पम्पहरुको व्यवस्थापन गरि खानेपानी नियमित गरिएको ,रानीमहल तथा श्रीनगरको व्यवस्थापन, बहालबिटौरी, घरहरुको अभिलेखिकरण, नदीजन्य बस्तुको नियमन गरी राजश्व आन्तरिक श्रोत बृद्धि गरिएको, सिद्घार्थ आर्थिक करिडोर मार्फत तानसेन नगरपालिकाको आर्थिक विकासको लागि आवश्यक प्रयास गरिएको ,लम्पीस्किन डिजिजबाट प्रभावित पशुहरुको स्वास्थ्य परीक्षण तथा खोपको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइएको, हेफर र युएनडिपिको सहयोगमा तानसेन वडा नं. ३ मा थोक कृषि बजार केन्द्र व्यवस्थापन गरिएकोमा ग्रेडिङ मेशिन खरीदमा सहकार्य गरिएको कृषि तथा पशु विकाका कार्यहरु संचालन तथा कारितास नेपालसँग, अदुवा प्रवद्र्धन तथा बजारीकरणमा सहकार्य गरिएको, तालिम, प्रशिक्षण र नियमन मार्फत सहकारी क्षेत्रलाई गति प्रदान गरिएको, रानीमहल दरबारलाई ब्राण्डिङ्ग गर्न प्रेम दिवसका अवसरमा कार्यक्रमको गर्ने पद्धतिको थालनी लगाएतका नगरपालिकाले सम्पन्न गरेका काम तथा योजना चुनौती ,कार्यालयको समग्र आय व्यय र योजना तथा बिकाश निर्माण र सेवा प्रबाहको अबस्था, कृषि पर्यटन र व्यवसायमा गर्नुपर्ने लगानीका बारेमा बारे बिश्लेषण गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख प्रतिक्षा सिंजालीले सम्पुर्णलाई धन्यवाद दिदै महिलाका विषयलाइ हल्का रुपले नहेरी सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय