latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असौज ७

तानसेन नगरपालिकाले आर्थिक बर्ष ०७९।०८० को नीति,योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरले आयोजना गरेको समिक्षा कार्यक्रममा नगर कार्यपालिकाका सदस्य, नगरसभा सदस्यहरू, बिषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरूबाट प्रमुख तथा प्रतिनिधिहरुबाट वार्षिक प्रगति प्रस्तुत गरिएको थियो ।
सो समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगरपालिकाको समग्र बिकासका लागि कर्मचारी र जनप्रतिनिधी मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले एक सिक्काका दुईपाटा बनेका कर्मचारी र जनप्रतिनिधिले जनताको सेवकको रुपमा छिटो छरितो, बिश्वशनिया तरिकाले समयमै कार्य सम्पादन गरेमा मात्र जनप्रतिनिधीको चाहना र देशको समृद्धिको खुड्किलो पुराहुने कुरा बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै नगर उपप्रमुख प्रतिक्षा सिंजालीले कर्मचारीले कुनै पनि बिलम्ब नगरी जनताको सेवामा कुनै कसर बाँकी नराखी छिटो छरितो र स्तरिय सेवा दिन र हरेक योजना र बिकास निर्माणका कार्य सम्पादन समयमै गर्नु पर्ने जिकिर गर्नुभयो । उहाँले जनप्रतिनिधी एक्लै र कर्मचारी एक्लैले मात्र चाहेर कुनै पनि काम अगाडी नबढ्ने हुँदा सबैको सल्लाह सुझाव र अग्रसरतामा निश्चित समयमै कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले नगरको समृद्धिका लागी सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले नगरका हरेक गतिबिधि लाई बिकाससंग जोड्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारी नंग र मासु भएकाले मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

जनप्रतिनिधि , कर्मचारी , पत्रकारलगायतको प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा नगर प्रवक्ता यादवसिंह कार्की ,बरिष्ठ अधिकृत दुर्गा बहादुर थापालेले कार्यालयको समग्र आय व्यय र योजना तथा बिकाश निर्माण र सेवा प्रबाहको अबस्था, कृषि पर्यटन र व्यवसायमा गर्नुपर्ने लगानीका बारेमा बारे बिश्लेषण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय