latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, असोज ३
पाल्पामा मोटरसाइकल र जीप एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा जिल्ला बगनासकाली गाउँपालिका ७ का बर्ष २८ का सुधन भट्टराई रहेको प्रहरीले जनाएको छ । आज बिहान करिब साढे ११ बजेको समयमा बगनासकाली ९ चाप्पानीमा तानसेनबाट खानीगाउँ तर्फ जादै गरेको लु ५५ प ६८५६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको लु १ ज १७५९ नम्बरको जीप एक आपसमा ठोक्किएका थिए ।
दुर्घटना परि गभ्भिर घाईते भट्टराईको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं स्थित ग्राण्डी अस्पताल पठाइएकोमा उपचारको क्रममा आज दिउँसो करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सन्तोष चन्दले जानकारी दिए ।
ठक्कर दिने जीप चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय