
पाल्पा, असोज ३
पाल्पामा मोटरसाइकल र जीप एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा जिल्ला बगनासकाली गाउँपालिका ७ का बर्ष २८ का सुधन भट्टराई रहेको प्रहरीले जनाएको छ । आज बिहान करिब साढे ११ बजेको समयमा बगनासकाली ९ चाप्पानीमा तानसेनबाट खानीगाउँ तर्फ जादै गरेको लु ५५ प ६८५६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको लु १ ज १७५९ नम्बरको जीप एक आपसमा ठोक्किएका थिए ।
दुर्घटना परि गभ्भिर घाईते भट्टराईको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं स्थित ग्राण्डी अस्पताल पठाइएकोमा उपचारको क्रममा आज दिउँसो करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सन्तोष चन्दले जानकारी दिए ।
ठक्कर दिने जीप चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


