latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

कपिल देवकोटा
पाल्पा , असोज ३
संविधान दिवसको अवसरमा पूर्वखोला गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पूर्वखोला गाउँपालिकाको आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य रहनु भएको थियोे । संसद आचार्यले सबै नेपालीको अथक प्रयासबाट नेपालको संघिय संविधान निर्माण जारी भएको बताउनुभयो । उहाँले संबिधानको पूर्ण कार्यान्वयनमा हामी सबै एक जुट भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो । यस्तै विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारूले यो संविधान अन्य संविधान भन्दा उत्कृष्ट रहेको बताउदै यसले प्रदेश तथा स्थानीय तहको संरचना निर्माण गरि अधिकार सम्पन्न गराएको धारणा राख्नुभयो ।
कार्यक्रममा पूर्व वडाध्यक्ष निलकण्ठ भट्टराई , लेखक तथा साहित्यकार नीलकण्ठ न्यौपाने , उद्बुद् कलेजका प्रमुख हरिप्रसाद न्यौपाने , महालेखा परिक्षणका प्रतिनिधि सत्य थापा , नेकपा एमालेका ईश्वरी प्रसाद न्यौपाने, नेपाली काङ्ग्रेसका मेघराज न्यौपाने, माओवादी केन्द्रका भिम बहादुर सारू,राष्ट्रिय जनमोर्चाका पूर्ण बहादुर फाल लगायतको संविधान दिवसको शुभकामना दिनुभएको थियो । कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि कर्मचारी ,जनप्रतिनिधि साथै विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ईलाका प्रहरी कार्यालय पूर्वखोलाका प्रमुख लगायतको उपस्थिति रहेको थियोे । राष्ट्रिय गानबाट सुरू गरिएको कार्यक्रममा सहिदको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियोे । गाउँपालिकाका प्रवक्ता तथा वडा नं ४ का वडाध्यक्ष मेहर मान थापाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले गर्नुभएको थियो भने गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय