पाकिस्तान र श्रीलंकाबीचको विगतः समग्रमा पाकिस्तान हाबी, एसिया कपमा श्रीलंका

जारी एसिया कप क्रिकेटको फाइनलमा पुग्न आज पाकिस्तान र श्रीलंका जित्नैपर्ने खेल खेल्दैछन् । सुपर ४ को खेल जसले जित्यो उसैले फाइनलमा भारतसँग भिडन्त गर्नेछ ।

भारत भने सुपर ४ मा पाकिस्तान र घरेलु टोली श्रीलंकालाई पाखा लगाउँदै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । आज कोलम्बोस्थित प्रेमदासामा पाकिस्तान र घरेलु टोली उत्रँदा दुवै स्पष्ट जितको खोजीमा हुनेछन् । पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ ।

समूह ‘ए’मा रहेको सहआयोजक पाकिस्तानले सुपर ४ मा आइपुग्न नेपाललाई पराजित गरेको थियो भने भारतसँग अंक बाँडेको थियो । खेल वर्षाले बिथोलिएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।
अर्कोतिर श्रीलंकाले भने समूह ‘बी’का दुवै खेल जितेको थियो । उसले बंगलादेश र अफगानिस्तानलाई हराएको थियो ।

विगतको इतिहास हेर्ने हो भने एकदिवसीय (ओडीआई) खेलमा श्रीलंकामाथि पाकिस्तान हाबी छ ।

४८ वर्षको प्रतिद्वन्द्वीतामा यी दुई टोलीले १५५ वटा ओडीआई खेल खेलेका छन् । जसमा पाकिस्तानले ९२ वटा खेल जितेको छ । यस्तै श्रीलंकाले ५८ खेलमात्र जितेको छ । चार खेलमा भने नतिजा आएर बराबरी भएको छ ।

एसिया कपमा भने पाकिस्तानविरुद्ध श्रीलंका हाबी छ । ओडीआई इतिहासमा १७ पटक भेट हुँदा श्रीलंकाले १२ पटक जितेको छ । पाकिस्तानले भने पाँच खेल मात्र आफ्नो पक्षमा पार्न सफल भएको छ ।

यद्यपि, आफ्नो घरेलु मैदानमा भने श्रीलंका पाकिस्तान निराश हुँदै आएको छ । ४१ ख्ेल खेल्दा पाकिस्तानले १२ मा विजयी भएको छ । १८ खेल भने श्रीलंकाले जितेको छ । एक खेलको नतिजा आएको थिएन ।

अहिले एसिया कपको सुपर ४ का खेल भइरहेका छन् । भारत एक खेलअघि नै फाइनलमा प्रवेश गरिसकेको छ भने बंगलादेश बाहिरिइसकको छ । अब भारतले अर्थहीन खेलमा बंगलादेशसँग शुक्रवार प्रतिस्पर्धा गर्न बाँकी छ ।

एसिया कपमा पहिलो पटक सहभागिता जनाएको नेपाल र अफगानिस्तान भने पहिलो चरणबाटै बाहिरिएका थिए ।

फाइनल खेल १७ सेप्टेम्बरमा कोलम्बोस्थित प्रेमादासा रंगशालामै हुनेछ । लाेकान्तरमा खबर छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय