latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, भदौ २७

तानसेन बहुमुखी क्याम्पस पाल्पाको आफ्नो ३४ औँ वार्षिकोत्सव समारोह मनाएको छ । वार्षिकोत्सव समारोहमा क्याम्पस प्रमुख पुष्करराज रेग्मीले ९९ लाख ४४ हजार ६ सय ३४ रुपैयाँ ३१ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

वार्षिकोत्सव समारोहमा क्याम्पसका संस्थापक डा। राम प्रसाद शर्माले तानसेन क्याम्पस सामुदायिक क्याम्पस भएकाले यसले नाफा कमाउने उद्धेश्य नराखेको बताउनुभयो । उहाँले क्याम्सपको श्रीबृद्धिमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । शिक्षामा तिनै तहका सरकारले लगानी बढाउन आवश्यक रहेको कुरामा उहाँले जोड दिनुभयो । फरक अवस्थामा क्याम्पस स्थापना भई हाल क्याम्पसले राम्रो शैक्षिक गुणस्तर दिन सकेकोमा खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा क्याम्पस सञ्चालन समितिका अध्यक्ष राजन प्रसाद पन्त, वडा न ७ का वडाध्यक्ष प्रदीप खनाल, पूर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली, प्राध्यापक राम प्रसाद ढकाल, पत्रकार प्रकाश नेपाल लगायतले क्याम्पसमा सबैले दुख गरेर स्थापना गरेकाले अब प्राबिधीक शिक्षा तर्फ पाइला चाल्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा क्याम्पसका प्राध्यापक राम प्रसाद ढकाल सम्मानित हुनुभएको छ भने विद्यालयले सञ्चालन गरेका विभिन्न कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय