latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, भदौ २७
पाल्पाको रामपुर नगरपालिका–१० बाट प्रहरीले अवैध काठ बरामद गरेको छ । रामपुर नगरपालिका वडा नं. १० का लिला गाहाले सञ्चालन गरेको जनता फर्निचर उद्योग बाट ९५ दशमलव ०८ क्युफीट अबैध सालको काठ फेला पारेको हो ।
मंगलबार साँझ साढे ७ बजे अबैध रुपमा साल जातको काठ रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले फर्निचर खानतलासी गर्दा काठ फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीचौकी हुंगी र ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले काठ नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय रामपुर पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सन्तोष चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय