latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, भदाै २६

पाल्पाकाे तानसेनबाट समाचारघर साप्ताहिक पत्रिका प्रकाशन सुरू भएकाे छ । पाल्पा आवाज पाक्षिक पत्रिकाका रुपमा प्रकाशन हुँदै आएको पत्रिका किसिम परिर्वतन गरेर समाचारघर साप्ताहिकका रुपमा प्रकाशन गरिएकाे हो ।

हरेक मंगलबार प्रकाशित हुने पत्रिकाकाे जिल्ला समन्वय समिति पाल्पा उपप्रमुख काशीका गैरेले सार्वजनिक गर्नुभएको हो । पत्रकारिता समाजको ऐना भएको बताउदै उपप्रमुख गैरेले सत्य तथ्यका आधारमा सामग्री प्रकाशन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले जिल्लामा छापा पत्रकारितामा भविष्य कमजोर भएको समयमा हिम्मतका साथ साप्ताहिक पत्रिका प्रकाशन सुरु गरेकोमा बधाई ज्ञापन गर्नुभयो ।

पत्रिकाकाे प्रकाशकमा दयाराज न्याैपाने प्रधान सम्पादक कमलराज तिमिल्सिना र सम्पादक सुर्दशन पाण्डे रहेका छन् । तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले साप्ताहिक पत्रिका निरन्तर प्रकाशनको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जिल्लामा ठूला उद्योग कलकारखाना नहुँदा नियमित विज्ञापन स्रोत नहुँदा प्रकाशनमा समस्या रहेको बताउनुभयो । यसका साथै वडाध्यक्ष अर्यालले पाठकको रुचि अनुसारको सामग्री प्रकाशन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

लेखक गोपाल बस्यालले पत्रिका पठनिय बनाउन र निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । समाचारघर साप्ताहिकका प्रकाशक दयाराज न्यौपानेले पाठक समक्ष समाचार, घटना, अनुसन्धान एवं विश्लेषणात्मक सामग्री प्रकाशन गर्ने गरी पत्रिका नयाँ व्यवस्थापनका साथ प्रकाशन सुरु गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय