लुम्बिनी प्रदेश सरकारको निजामती सेवा विधेयकको विरोधमा वन प्राविधिक संघ नेपालले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । निजामती सेवा विधेयकमा भएको व्यवस्थाबाट वनरक्षक कर्मचारीहरु मर्माहत भएको भन्दै सच्याउन माग गरेका हुन् ।

डिभिजन वन कार्यालय पाल्पाका निमित्त डिभिजनल वन अधिकृत रामचन्द्र लामामार्फत मुख्यमन्त्रीको कार्यालय  लुम्बिनी प्रदेश र त्यस मातहतका निकायलाई ज्ञापन पत्र बुझाउँदै  विधेयक नसच्याइए वन प्राविधिक संघ, नेपाल मार्फत चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने उनीहरुले ज्ञापन पत्रमार्फत प्रदेश सरकारलाई चेतावनी दिएका हुन् । २०८० भदौ २२ गते पारित भएको लुम्बिनी प्रदेश निजामति सेवा विधेयकले विभेदकारी प्रावधान ल्याएकाले तत्काल सच्याएर कर्मचारीको मनोवल उच्च राख्न उनीहरुले आग्रह गरेका छन् ।

‘हामी वनरक्षक कर्मचारीहरुको वृतिविकास र माथिल्लो पदमा पदोन्नतिको लागि साविकको रा.प. अनं. द्धितिय श्रेणीको खरिदार (हाल सहायक चौथो तह) मा पदोन्नति भई वृत्तिविकासको मार्ग प्रशस्त गर्नको लागि निजामती सेवा ऐन, २०४९ मा भएका व्यवस्था र मिति ०८०/०३/२२ मा प्रदेश सभामा पेश भएको प्रदेश निजामती सेवा विधेयकको मस्यौदामा सहायक तह चौथोमा पदपूर्ती १०० प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा गर्ने ब्यवस्था राखिएकोमा उक्त ब्यवस्था विपरित आन्तरिक प्रतियोगितात्मक परीक्षाको व्यवस्था पुरै हटाईएको साथै भए गरेका सेवा सुबिधा र वृत्तिविकासका अवसरहरु समेत खोसिने र सेवा प्रवेश गरेकै पदबाट अवकाश हुनुपर्ने गरि आएको जारी प्रदेश निजामती सेवा ऐन प्रति हाम्रो आपत्ति रहेको छ’ अध्यक्ष प्रेम विश्वकर्मा, उपाध्यक्ष तिलक बगाले र सचिव केशबहादुर खण्डलुद्वारा जारी ज्ञापन पत्रमा भनिएको छ ।

उनीहरुले सम्पूर्ण श्रेणीविहिन वनरक्षक कर्मचारीहरुलाई सहायक तेश्रो तह कायम गरिएको हुँदा लुम्बिनी प्रदेश मातहतका श्रेणी विहिन वनरक्षक कर्मचारीहरुलाई हालको बिधेयकमा श्रेणी विहिन नै कायम गरिएकोले श्रेणी विहिन पद हटाई सहायक तेश्रो तह कायम गरिनुपर्ने, वनरक्षक कर्मचारीको पनि अन्य कर्मचारी सरह एक तह बढुवा हुनुपर्ने, शैक्षिक योग्यता, सेवाकालिन तालिम र सेवा अवधिको आधारमा वनरक्षक कर्मचारीहरुको बढुवा हुने ब्यवस्था सुनिश्चित गरिनुपर्ने, लुम्बिनी प्रदेश लोकसेवा आयोग बुटवलबाट आ.व. ०७८/७९ मा सेवा प्रवेश गरेका वनरक्षक कर्मचारीहरुको सिटरोल दर्ताको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय