latest
तानसेन नगरपालिकाको आगामी आर्थिक वर्षकाे बजेट १ अर्व ४६ करोड  ||    अभिभावकविहीन बालबालिकाकाे नेतृत्व लिनेः बगनासकाली गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    अस्पताल विकास समिति विघटनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश  ||    सुत्केरी विदामा सट्टा शिक्षक राख्नेः माथागढी गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    रिमिघा लेकमा भेटिएको बहुमुल्य जडिबुटी “यार्सागुम्बा” लाई अब के गर्ने ?  ||    पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||   
बिहिबार , असार १२, २०८२

पाल्पा, भाद्र २४

पाल्पामा जिल्ला स्तरीय तेक्वाण्दो प्रतियोगिता सम्पन्न भएको छ । पाल्पा जिल्ला आईटीएफ तेक्वाण्दो संघको आयोजनामा शुक्रबार र शनिवार तानसेनमा आयोजित १० औ पाल्पा जिल्ला आईटीएफ तेक्वाण्दो प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा महिला र पुरुषको जुनियर र सिनियरको, स्पाईरीङ र प्याट्र«न गरि २ वटा बिधामा ४२ स्वर्ण, ४२ रजत र ६० कास्यपदकको लागि ३४३ जना खेलाडीले सहभागीता जनाएका थिए । १४ दोजाङका खेलाडीहरुले प्रतिस्पर्धा गरेको यस प्रतियोगितामा ९ वटा स्वर्णपदक सहित बिजु दोजाङ प्रथम , ८ स्वर्ण पदक सहित तानसेन दोजाङ दोश्र्रो , ७ वटा स्वर्ण पदकजिती हिदन दोजाङ तृतिय भएको छ । प्रतियोगितामा महिलाबेष्ट ल्पेयरको उपाधि सिनिएरमा एलिसा घर्ति मगर र पुरुषमा बिवेक बुढाले प्राप्त गर्नुभएको छ । जुनियर महिलामा समिक्षा थापा र पुरुषमा श्रीजल पाण्डे वेष्ट प्लेर हुनुभयो ।
पुरस्कार वितरण कार्यक्रममा भारतको हैदराबादमा सम्पन्न सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा तानसेन ७ काजीपौवाका दुई जना पदक बिजेता खेलाडीहरु एन्जल रेग्मी र रजन रेग्मीलाई पाल्पा जिल्ला आईटीएफ तेक्वाण्दो संघले जनही पन्ध्र, पन्घ्र हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको छ । सो प्रतियोगितामा एन्जल रेग्मी एक स्वर्ण दुई कास्य र रजन रेग्मीले एक रजत र एक कास्य पदक जितेका हुन ।
२ दिन सम्म संचालन भएको प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गर्दे लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगरले पाल्पामा मार्सलआर्टको कर्भडहल नभएकोले यसको लागि बजेट छुट्याउन पहल गर्ने बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले हजारौको संख्यामा रहेको यस खेल खेल्ने खेलाडी रहेतापनि यसमा सरकारको ध्यान नगएकोमा अब राज्यले देशको गहनाका रुपमा रहेका खेलाडीहरुलाई उचित बजेट छुट्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपालीकांग्रेस पाल्पाका सभापति हिमालदत्तश्रेष्ठ, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज राजेन्द्र बि. क., जिल्ला खेलकुदबिकास समितीका कार्यबाहक अध्यक्ष दिपक घिमिरे, नेपालपत्रकार महाँसघ पाल्पा शाखाका सचिव यज्ञमुर्ति तिमिल्सना लगाएतले विजयी खेलाडीहरुलाई शुभकामना दिनुभएको थियो । पाल्पा आईटिएफ तेक्वाण्दो संघका अध्यक्ष निर बहादुर सारुको अध्यक्षता र सचिव नगेन्द्र मल्लको संचालनमा समापन समारोह सम्पन्न भएको हो । टुडिखेल मैदानमा भएको उद्घाटन खेलको जिल्ला समन्वय अधिकारी टंकनाथ खनालले शुभारम्भ गर्नुभएको थियो । वर्षातले गर्दा शनिवारको प्रतियोगिता होटल अन्नपूर्ण गार्डनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय