latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

गोपालप्रसाद वश्याल
राष्ट्रपति रामचन्द्र पौडेलले पी पी प्रसाई एक्सीलेन्स् इन एजुकेशन अवार्ड २०२३ र टुरिज्म लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८० राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मंगलबार प्रदान गरेका छन् ।
नेकोन एअरको सेप्टेम्बर ५, १९९९ मा भएको जहाज दुर्घटनामा दिवंगत पर्यटन ब्यवसायी प्रजापति (पी पी) प्रसाईको सम्झनामा २०६७ सालमा स्थापित पी पी प्रसाई फाउण्डेशनले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट शिक्षक पुरस्कारबाट प्रदेश १ को इलामस्थित फिक्कल मा वि का शिक्षक सोम प्रसाद गौतम, वागमती प्रदेशबाट जनकल्याण मा. वि.बौद्ध काठमाडौका प्रधानाध्यापक कुमारी कमला राई, गण्डकी प्रदेशबाट पञ्चमुनी देव मा वि शुक्लागण्डकीका शिक्षक टुका देवी आचार्य, लुम्बिनी प्रदेशबाट मोहन कन्या मा वि तानसेन पाल्पाका शिक्षक गोपाल प्रसाद वश्याल, कर्णाली प्रदेशबाट त्रिपुरा मा वि जगदुल्ला डोल्पाका प्रधानाध्यापक जय बहादुर बस्नेत र सुदुर पश्चिमबाट सर्वोदय मा वि धनगढीका प्रधानाध्यापक जित बहादुर चौधरी पुरस्कृत भएका छन् । सबै शिक्षकहरूलाई रु ५० हजार रकमसहित सम्मान गरिएको हो । यसैगरी पुरस्कृत शिक्षकहरूका विद्यालयलाई रु १० हजार बराबरको शैक्षिक सामग्रीसमेत दिइएको छ । त्यसैगरी एउटा विद्यालयलाई प्रोत्साहनस्वरुप रु एक लाखको पुरस्कार प्रदान गर्न सुरु गरिएकोमा यसवर्ष मकवानपुरको देवहित आधारभूत विद्यालयलाई प्रदान गरिएको छ । यसैगरी पर्यटन विकासमा महत्वपूर्ण योगदान ब्यक्तित्वलाई दिइने टुरिज्म लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८० पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ ।
लामो शिक्षण तथा प्रशिक्षण अनुभव भएका लुम्बिनी प्रदेशबाट पुरस्कृत गोपाल प्रसाद वश्याल उत्कृष्ट शिक्षकका साथै लेखक, पत्रकार, साहित्यकार र विश्लेषकका रुपमा पनि चिन्छिन् । सामाजिक क्षेत्रमा पनि क्रियाशील वश्याल शिषक समुदायका वीच पनि लोकप्रीय छन् । उनका पाठ्यपुस्तक, सन्दर्भ सामग्री, सािहत्यिक कृतिहरु, शिक्षा र समसामयिक विषयवस्तुमा आधारित लेखहरु नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित छन् ।
नेपालको सार्वजनिक शिक्षा र पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेका ब्यक्तित्वहरुलाई खोजी गरी सम्मान गर्ने र आफ्नो क्षेत्रमा निरन्तर क्रियाशील भैरहन प्रोत्साहन गर्ने उद्देश्यकासाथ प्रतिष्ठानले सम्मान एवम् पुरस्कृत गर्ने गरेको फाउण्डेशनका अध्यक्ष शिखर प्रसाईले बताए । शिक्षा, प्रशासन, पर्यटन लगायतका क्षेत्रका विज्ञ समूहको मूल्यांकनका आधारमा फाउण्डेशनले सम्मान प्रदान गर्ने गरेको प्रतिष्ठानका कोषाध्यक्ष शिखा प्रसाईले बताइन् । देशैभरबाट सार्वजनिक सुचना मार्फत आवेदन माग गरेर शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकताप्रति उनीहरुको बुझाई, शिक्षाप्रति उनीहरुको प्रतिवद्धता, शिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिस लगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्व शिक्षक, पूर्व प्रशासक, शिक्षण क्षेत्रमा लागेका संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गर्ने गरेको प्रतिष्ठानको प्रेस विज्ञप्तीमा भनिएको छ ।
प्रतिष्ठानका सचिव दिलभूषण पाठकले सञ्चालन गरेको कार्यक्रममा शिक्षकहरु कुमारी कमला राई, जय बहादुर बस्नेत र पर्वतारोही आङ छिरिङ शेर्पाले सम्मानको गरिमा कायम गर्नेगरी कार्य गर्ने प्रतिवद्धता जनाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय