latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, भाद्र २०

पाल्पाको पर्यटन प्रर्वद्धनका लागी ३० बढी भारतीय पर्यटन ब्यवसायी पाल्पा आउने भएका छन् । नाट्टा पाल्पा क्याप्टरको संयोजनमा नेपाल भारत सिमा नजिकका भारतीय शहरका ३० जना पर्यटन ब्यवशायी र केही पत्रकारहरु समेत तानसेन आउने भएका हुन् । यही भाद्र २१ गतेको एतिहासिक तथा धार्मिक महत्वको श्री ७ रणउजिरेश्वरी भगवती खटजात्राको अवलोकन संगै पाल्पाका विभिन्न पर्यटकिय गन्तब्यहरुको पहिचान र प्रर्वद्धन गर्ने उद्धेश्यले २० गते बुधबार देखि २२ गते शुक्रवार सम्म उनीहरु पाल्पामा रहने नेपाल एशोेसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्, पाल्पा च्याप्टरका अध्यक्ष राजिव शाहले जानकारी दिनुभयो ।

तानसेन आउने भारतीय पर्यटन ब्यवशायीहरुलाई बुधवार देखि नै जिल्लाका विभिन्न एतिहाशिक तथा धार्मिक स्थलहरुको भ्रमण गराइने छ । रिडि, रानीमहल, भैरवमन्दिर, अवलको सिद्ध गुफा, बराङ्दीको शिबजिको मन्दिर, बगनाँसकालीको तिनछाङ्गे झरना लगाएत जिल्लाका होटल तथा रिसोर्टहरुको अवलोकन गराइने पाल्पा च्याप्टरका संस्थापक अध्यक्ष प्रदिप उदयले जानकारी दिनुभयो ।
पछिल्लो समय पाल्पाको पर्यटन क्षेत्रलाई टेवा पुर्याएका तानसेनको प्याराग्लाईडिङ, भैरवस्थान मन्दिरको पाल्पा जिपलाईन, रानीमहलको बोटिङ्ग संगै तानसेन अनि जिल्लामा रहेका शामुदायिक होम स्टेमा समेत भारतीय पर्यटन ब्यवशायीहरुको परिचयात्मक भ्रमण रहने अध्यक्ष शाहको भनाई छ ।

२२ गते शुक्रवार पाल्पाली पर्यटन ब्यवशायीविच अन्र्तक्रिया र अनुभव आदान प्रदानको कार्यक्रम रहेको आयोजकले जनाएका छन् । पर्यटन प्रर्वद्धनका क्षेत्रमा लामो समय देखि सक्रिय नाट्टा पाल्पा क्याप्टरले यस अघि पर्यटकिय गन्तब्यहरुको पहिचानका लागी पदयात्रा समेत सम्पन्न गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय