latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बुटवल, भदौ १९

नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिबेशनको नेतृत्व चयन आज मंगलवार मतदानवाट हुने भएको छ । बुटवलमा जारी अधिवेशनमा सोमबार रातिदेखि हुने भनिएको मतदान, मतपत्र छपाइमा भएको ढिलाइले सुरू हुन सकेकाे छैन।

अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल दुइटा प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको प्रचार गरिरहेका छन् । दुवै पक्षले सचिवमा राखेका लक्ष्मण आचार्य भने निर्विरोध भएका छन् ।

सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन १८ गते रातिमात्रै मतदान हुने समय तय भएको छ । तर, अझै पनि निर्वाचन सामग्री तयारी नभएकाले सर्नसक्ने जनाइएको छ ।
रिजालतर्फकाे समूह

अध्यक्ष : हरि रिजाल, प्यूठान
उपाध्यक्ष : विश्वराज बराल (अनुप), रुपन्देही
सचिव : लक्ष्मण आचार्य, दाङ
दुई उपसचिव : पूर्णबहादुर बुढा, रोल्पा र बसन्ती अधिकारी, बाँके

कँडेलकाे समूह

अध्यक्ष : राधाकृष्ण कँडेल, पाल्पा
उपाध्यक्ष : भोजप्रसाद श्रेष्ठ, रुपन्देही
सचिव : लक्ष्मण आचार्य, दाङ
उपसचिव : लीला राना, बर्दिया र दुर्गा चौधरी, बाँके

अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल उम्मेदवार भएका हुन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको बताउने गरेका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन १९ गते मात्रै मतदान दुई दिन लम्बिएको छ ।निर्वाचनले ५ पदाधिकारी सहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय