latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

गोपाल प्रसाद वश्याल
पाल्पा, भदौ १७

छोरीलाई प्राविधिक शिक्षाको अवसर उपलब्ध गराई दक्षता बृद्धि गराउने र आयआर्जनका लागि सक्षम बनाउनुपर्ने आवश्यकता रहेको आज तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयको ७३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ति मगरले कन्या मात्रले अध्ययन गर्ने एकमात्र प्राविधिक विद्यालयको शैक्षिक एवम् भौतिक गुणस्तर बृद्धिका लागि सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली समाज अहिले पनि नारी शिक्षाका लागि लगानी गर्न पूर्ण रुपमा तयार नर्भैसकेको अवस्थामा छोरीहरुलाई प्राविधिक शिक्षा प्रदान गरी आत्मनिर्भर बन्नका लागि सरकारको ध्यान जानुपर्ने भएकोले प्रदेश सरकारअन्तर्गतका कार्यक्रममा यो विद्यालयका लागि सहयोग दिन ध्यान जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद ज्ञवालीले वार्षिक प्रतिवेदन प्श गर्दै दुई करोढ ५७ लाखको आयब्यय पेश गर्नुभयो । विब्यस अध्यक्ष विधान प्रसाद श्रेष्ठले प्रतिवद्धता प्रस्तुत गर्दै विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम लागु गर्न चाहेको, विद्यालय छात्राबासको विस्तार, अंग्रेजी माध्यममा कक्षा १ देखि १२ सम्म कम्प्युटर शिक्षासहित नारीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्ने र भौतिक एवम् प्राविधिक साधनस्रोत सम्पन्न गर्ने दृष्टिकोण अगाढि सार्नुभयो । विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष एवम् नेपाली काँग्रेस पाल्पाका नेता झपेन्द्र गहिरेले विद्यालयको छात्राबास विस्तार गरी लुम्बिनी प्रदेशका सबै जिल्लाबाट छात्राहरुलाई भर्ना गरी प्राविधिक सिपयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी विद्यालयका पूर्व सचिव शोभा शाक्य, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा ब्यापार संघका अध्यक्ष बामदेव वश्याल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, शिक्षकहरु चालेल प्रसाद ज्ञवाली, गोपालप्रसाद वश्याल, कक्षा १२ का छात्रा वर्षा तिमिल्सीना लगायतले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम विब्यस अध्यक्ष विधान प्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षक रिना श्रेष्ठ र को सञ्चालनमा चलेको थियो । कार्यक्रममा विभिन्न छात्रबृत्ति र पुरस्कार वितरण गरिनुका साथै छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय