latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने बताएका छन् । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणको सन्दर्भमा जाँचबुझ आयोग गठन गर्न दलहरु विच सहमति भएको बताए ।

प्रतिनिधी सभा सदस्य समेत रहेका शर्माले ललिता निवास प्रकरणका विषयमा पनि फाइल खुलेकाले कारबाही प्रक्रिया अघि बढ्ने बताए । उनी भन्छन्, कुनै पनि सन्दर्भमा दाेषी उम्कने र निर्दाेषलाइ कानूनी दायरामा ल्याइनु हुँदैन । नेपाल प्रेस युनियन पाल्पा शाखाले रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले भष्टाचार मुद्दामा आफ्नै दलको भएपनि भष्टाचार गर्नेलाई छोड्न नहुने बताए ।

महामन्त्रि शर्माले धरानको घटनाको विषयलाई इंकित गर्दै नेपाल विभिन्न धर्मालम्बी रहेको फूलवारी भएकोले एकले धर्मको कुरा गर्दा अर्कोलाई असर पर्ने काम गर्न नहुने बताए । सानो वा ठूलो संख्यामा भएका धर्मालम्बीले समान अवसर पाउनुपर्ने बताउदै धरानको घटना गम्भिर भएकोले यसतर्फ सवै राजनितिक दलले साझा धारणा अावश्यक रहेकाे बताए ।

साेमबार नै महामन्त्री शर्माले कांग्रेस क्षेत्र नं. १ काे सभालाइ सम्बाेधन गर्दै देशमा सहिष्णुता र समानताका अाधारमा काम अगाडी बढेकाे र त्यसमा राजनीतिक दलहरू एकबद्द भइ अगाडी बढेकाे बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय