latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, भदौ ८
पाल्पामा प्रथम रणउज्जेश्वरी भगवती कप भलिबल प्रतियोगीता हुने भएको छ । तानसेनको टुँडिखेलमा यही भदौ १८ गतेदेखि २१ गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । आयोजक श्रीनगर भलिबल क्बलले आज पत्रकार सम्मेलन गरि प्रतियोगीता संचालन गर्न आठ लाख ५० हजार बढी खर्च हुने जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १ सय ११, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७, तृतिय पुरस्कार ४४ हजार ४ सय ४४ र सान्तवना हुनेले २२ हजार २ सय २२ रुपैंया प्राप्त गर्नेछन् । प्रतियोगिताका १० वटा बढी टिम सहभागि हुने बताइएको छ ।
पाल्पालाई खेलकुदको हब बनाउन विभिन्न प्रतियोगिता आयोजना हुने वातावरण तयार गर्न जिल्ला खेलकुद बिकास समिती लागेको समितीका कार्यबहाक अध्यक्ष दिपक घिमिरेले बताउनुभयो । प्रतियोगितामा विभिन्न राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुने अपेक्षा राखेको क्लबका सचिव दिपक चौहानले बताताउनुभयो ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय