पाल्पा, भदौ ८
पाल्पामा प्रथम रणउज्जेश्वरी भगवती कप भलिबल प्रतियोगीता हुने भएको छ । तानसेनको टुँडिखेलमा यही भदौ १८ गतेदेखि २१ गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । आयोजक श्रीनगर भलिबल क्बलले आज पत्रकार सम्मेलन गरि प्रतियोगीता संचालन गर्न आठ लाख ५० हजार बढी खर्च हुने जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १ सय ११, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७, तृतिय पुरस्कार ४४ हजार ४ सय ४४ र सान्तवना हुनेले २२ हजार २ सय २२ रुपैंया प्राप्त गर्नेछन् । प्रतियोगिताका १० वटा बढी टिम सहभागि हुने बताइएको छ ।
पाल्पालाई खेलकुदको हब बनाउन विभिन्न प्रतियोगिता आयोजना हुने वातावरण तयार गर्न जिल्ला खेलकुद बिकास समिती लागेको समितीका कार्यबहाक अध्यक्ष दिपक घिमिरेले बताउनुभयो । प्रतियोगितामा विभिन्न राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुने अपेक्षा राखेको क्लबका सचिव दिपक चौहानले बताताउनुभयो ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Seroferonews मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा