latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, भदाै ५

तानसेन नगरपालिकाकाे वडा नं. ४ मखनटाेल क्षेत्र व्यवस्थापन कार्य अगाडी बढेकाे छ । दरबार क्षेत्र व्यवस्थापन गर्न घरटहरा भत्काइएकाे क्षेत्रमा ढुङ्गा छाप्ने कार्य अगाडी बढेकाे हाे ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले दरबार क्षेत्रकाे व्यवस्थापनकाे कार्य प्रारम्भ भएकाे बताउँदै क्रमैसँग अन्य कार्यहरूलाइ पनि अगाडी बढाउने बताउनुभयाे । पहिलाे चरणमा ढुङ्गा छाप्ने कार्य अगाडी बढेकाे छ । भगवतीजात्रा नजिकिँदै जाँदा त्यहाँ भएका खाल्टाखुल्टी पुर्ने तथा अन्य सरसफाइका काम अगाडी बढेकाे नगरप्रमुख श्रेष्ठले बताउनुभयाे ।

तानसेन नगरपालिकाले गत बैशाख ६ गते पाल्पा दरबार परिसरका ५७ घर टहरा भत्काएको थियो । तानसेन नगरपालिकाको वडा ३ र ४ को क्षेत्रमा पर्ने दरबार, सडक र सित्तलपाटी क्षेत्रमा ढुंगा छाप्ने कामका लागि ठेक्का सुरु भएको हाे ।

ढुंगा छाप्ने काम गर्न एवी विल्डर्स ग्रुप एण्ड सप्लायर्स काठमाडौंले ४१ लाख ६९ हजार ६ सय ४३ रुपियाँ ३७ पैसामा असार ९ गते सम्झौता गरेको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयाे । ठेकेदार कम्पनीले सम्झौताअनुसार २०८० मंसिर ३० गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय