latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, साउन २८

सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला पहिराेका कारण राजमार्ग अवरूद्द भएकाे छ ।दोभान क्षेत्रमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

बिहान ५ बजेदेखि  सडक डिभिजन कार्यालयले डोजर लगाएर पहिरो पन्छाउने काम गरिरहेको छ । पहिरोसँगै रुख, ढुंगा, माटोसहित खसेकाले पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । सवारी साधन सञ्चालन गर्न अझै कम्तीमा तीन घन्टा लाग्ने प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका तराईबाट पहाड जाने र पहाडबाट तराई झरेको सवारी साधन बाटोमै रोकिएका छन् । राजमार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका सवारी साधन सञ्चालन हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय