latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

पाल्पा, श्रावण २७
रोटरी क्लव अफ पाल्पा लुम्बिनीले रोटरी वर्ष २०२३—०२४ का लागि रो. रमेश न्यौपानेलाई अध्यक्षमा चयन गरेकाे छ । छैठौ पदास्थापन  कार्यक्रम सम्पन्न भएकाे हाे ।

पदभार ग्रहण गर्दै अध्यक्ष न्याैपानेले आफ्ना कार्ययोजना अनुसार कार्य सम्पादन गर्न कटिवद्ध रहेको र आगामि दिनमा यस क्लवले अघि सारेका समाजिक कार्यलाई निरन्त्ररताका साथ पुरा गर्ने बताए । क्लवले अगि सारेका योजनाहरुलाई समयमानै सम्पन्न गराउनका लागि डिश्ट्रिकबाट आवश्यक सहयोग गर्ने प्रतिवद्ध रहेको रोटरी वर्ष २३÷२४ का डि.जी. रो.राजेन्द्र प्रसाद ध्योजु, डि.जि.एन.रो.बिनोद कोइरालाले बताए। क्लवले गरेका समाजिक कार्यलाई जनता समक्ष पू¥याउन तथा अहिले वर्तमान समयमा अधिकतम व्यक्तिहरुले समाजिक संन्जाल बारे जानकारी राख्ने हुदा संचारको अधिकतम प्रयोग गर्नु भई जानकारी दिनुपर्ने डिस्ट्रिक पव्लिक चिएर रो. राजकुमार गुप्ता तथा ए.जि. रो. सुरज क्षेत्रिले बताए ।

सामाजिक क्षेत्रमा लागेका सहयोगी मनहरुलाई एक सुत्रमा बाँधि सामाजिक रूपान्तरणमा लाग्नुपर्ने क्लवका चार्टर प्रेजिडेन्ट रो. गोपाल बहादुर पोखरेलले बताए । सानो सानो सहयोगबाट पनि एकबद्ध रहि ठुलो कार्य गर्न सकिने र विभिन्न क्षेत्रमा रहेका समसामयिक चुनौति तथा अवसरलाई आआफ्नो ठाउँबाट सहयोगि मनलाई हातेमालो गरि क्लवले अघि सारेका कार्ययोजनालाई पूरा गर्न सकिने विश्वास तानसेन नगरपालिकाका मेयर रो. सन्तोष लाल श्रेष्ठले बताए ।

रोटरी क्लव अफ पाल्पा लुम्बिनीका नोमिनी रो. लक्ष्मण कोइरालाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा क्लवका सचिव रो.मुक्तिराम भुसालले कार्यक्रम संचालन गर्नुभएकोे क्लब पब्लिक इमेजका डाइरेक्टर रो. भक्तिराम न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय