latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

दिपक पोखरेल
साउन, २८ पाल्पा
पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिका ४ का किसान बाँदर र बदेल आतंकले आजित भएका छन् । दिउँसोमा बाँदरले बारीमा कुर्न बाध्य नागरिक रातीमा बारिमै सुत्न बाध्य भएका छन । दिउँसो बाँदर धपायो रातिमा बँदेलले मकै बालिमा पुर्‍याएको क्षतिका कारण आफू लगायत गाउँका अन्य किसानहरु बारिमै सुत्न बाध्य छौ बारिमै टहरो बनाएर बसेको बताउदै रैनादेबी छहरा ४ ध्वाघाटका किसान श्रीकृष्ण आत्रेयले भने । राहतको नाममा बीउको क्षतिपूर्ति भन्दा पनि किसानलाई गरि खाने वातावरण श्रीजना गरिदिन उनको आग्रह छ । त्यस्तै अर्का पिडित किसान टेकराज पोखरेलले बारिमा बदेल र बाँदरले क्षति पुर्‍याएका मकै देखाउदै भने  यसरी नै बाँदर,बदेलको आतंक बढ्दै गएमा पोलेर खाने मकै पनि बाकी नरहने अवस्था छ । गाईबस्तुलाई खुवाउने कुरा त परै जाओस ।

 गाउँपालिकाले सक्दो राहत दिन्छ अध्यक्ष भट्टराई

यस बिषयमा गाउँपालिका अध्यक्ष रुक्मांगद भट्टराईसंग जिज्ञासा राख्दा पीडित किसानलाई अबस्था हेरेर राहत दिन गाउँपालिका लागि रहेको उनको भनाई छ । हामी किसानको दुख सुखमा सङ्गै छौ पिडित किसानलाई सक्दो राहत दिन्छौं यसको लागि पालिकाको पशुपक्षी साखाले अध्ययन गरेपछी उचित कदम चाल्ने छौ,अध्यक्ष भट्टराईले भने बँदेल र बाँदर आतंकको समाधानको लागि पहल गरिदिन प्रदेश सरकारलाई कार्यपालिकाको निर्णय गरेर पठाएका छौ प्रदेश सरकारले पनि पक्कै केही गर्नेछ ।

कृषि ज्ञान केन्द्रले केही गर्न सक्ने अवस्था छैन

कृषि ज्ञान केन्द्र पाल्पाले जंगली जनावरले पुर्‍याएको क्षतिमा आफुहरुले केही गर्न नसकिने बताएको छ ।
कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले त्यसको लागि पालिकाकाको कृषि साखाबाटै किसानले राहतको लागि पहल गर्न सकिने बताईन ।

यी किसान त प्रतिनिधि पात्र मात्र हुन पछिल्लो समयमा बसाई सराई , युवा बिदेश पलायन र जमिन बाझो हुदा पाल्पाका ग्रामीण भेगमा अन्य जंगली जनावरहरुको आतंक पनि बढ्दै गईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय