latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, साउन २६
पाल्पामा ठूलो मात्रामा लागु औषध सहित एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला इश्वरपुर नगरपालिका १२ घर भई हाल तानसेन नगरपालिका २ नारायणस्थान डेरा गरि बस्ने बर्ष २४ को कमल कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खड्काले आफ्नै कोठामा लुकाईछिपाई लागुऔषध राख्ने र बिक्रि समेत गर्ने गरेको सूचनाका आधारमा हिजो बेलुका खानतलासी गर्ने क्रमा कोठाबाट डाईजेपाम, फेनारगन र आइपिपिएल टाईजेसिक लेखेको लागुऔषध जस्तो देखिने एम्पुल एक÷एक वटा गरि तीन वटा, डाईजेपाम ३१ एम्पुल,फेनारगन ३१ एम्पुल र आईपिपिएल टालजेसिक ३१ एम्पुलगरि जम्मा ९३ एम्पुल, सिरिन्ज निडिल सहित १५ थान, निडिल ११ थान, प्रयोग गरेर फुटेको एम्पुल ८ थान फेला फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका खड्का र लागुऔषध नियन्त्रणमा लिई थप अनुशन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय