latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, साउन २६
तानसेन तम्घास सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ । भोलीदेखि राती १० बजेदेखि विहान ४ बजे सम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । रातीमा दैनिक ६ घण्टा सडक बन्द गरी पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्तेखण्डमा सडक स्तरोन्नती तथा मर्मत कार्य गरिने भएकाले सडक बन्द रहने सडक डिभिजनले जनाएको छ । सडक मर्मत गर्नका लागि भोलीदेखी २५ दिनसम्म सडक बन्द हुने छ ।
सो सडक हुदै गुल्मी, बाग्लुङ, अर्घाखाँचीसम्मका सवारी आवत जावत गर्ने गर्दछन् । अत्यावश्यक सवारीलाई भने अवरोध नहुने सडक डिभिजन कार्यालयका प्रमुख प्रदिपमणी निरौलाले जानकारी दिनुभयो । बिगतमा पनि पटक पटक सडक बन्द गरेर काम गरिएतापनि काम पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन् ।
जोर्ते भीर क्षेत्रमा कडा चट्टान भएकाले कटान गर्न समय लाग्ने गरेको छ । उक्त समयमा सडक डिभिजनले सवारीलाई बैकल्पिक मार्ग लुहुङ चण्डीभन्ञ्याङ बतासेडाँडा सडक प्रयोग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय