latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

पाल्पा, साउन २६
तानसेन तम्घास सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ । भोलीदेखि राती १० बजेदेखि विहान ४ बजे सम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । रातीमा दैनिक ६ घण्टा सडक बन्द गरी पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्तेखण्डमा सडक स्तरोन्नती तथा मर्मत कार्य गरिने भएकाले सडक बन्द रहने सडक डिभिजनले जनाएको छ । सडक मर्मत गर्नका लागि भोलीदेखी २५ दिनसम्म सडक बन्द हुने छ ।
सो सडक हुदै गुल्मी, बाग्लुङ, अर्घाखाँचीसम्मका सवारी आवत जावत गर्ने गर्दछन् । अत्यावश्यक सवारीलाई भने अवरोध नहुने सडक डिभिजन कार्यालयका प्रमुख प्रदिपमणी निरौलाले जानकारी दिनुभयो । बिगतमा पनि पटक पटक सडक बन्द गरेर काम गरिएतापनि काम पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन् ।
जोर्ते भीर क्षेत्रमा कडा चट्टान भएकाले कटान गर्न समय लाग्ने गरेको छ । उक्त समयमा सडक डिभिजनले सवारीलाई बैकल्पिक मार्ग लुहुङ चण्डीभन्ञ्याङ बतासेडाँडा सडक प्रयोग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय