पाल्पा, साउन २१

नारायण युवा क्लब तानसेन पाल्पाकाे अध्यक्षमा प्रविन राज शाक्य चयन भएका छन् । शनिबार २६ औँ वार्षिकोत्सब तथा १३ औं अधिवेशबाट शाक्य अध्यक्षमा चयन भएका हुन् ।

क्लवकाे उपाध्यक्षमा सुनिल कुमार बुद्वाचार्य, सचिवमा बिनायक महर्जन, काेषाध्यक्षमा बिष्णु श्रेष्ठ, सहसचिवमा अर्विन्द्र काजी शाक्य, सहकाेषाध्यक्षमा सतिस राज शाक्य, सदस्यहरूमा बिबेक काजी शाक्य, बिनाेद भारती, अमित महर्जन, बन्दना राना, रमेश रजक, अजिता महर्जन, एविन श्रेष्ठ, निटेश शेखर बज्राचार्य, अर्चना खडका, दिपु दर्शन बज्राचार्य चयन भएका छन् ।

निर्वाचित अध्यक्ष शाक्यले जिल्लाकाे शिक्षा, स्वास्थ्य, कला साँस्कृतिक संरक्षण एवम युवाहरूलाई राेजगारीसँग जाेड्ने गरि सामाजिक कार्यलाई अगाडि बढाउने बताए । उनी सुनचाँदी व्यवसायी हुन् ।

२६ औँ वार्षिकोत्सब सम्पन्न

नारायण युवा क्लब तानसेन पाल्पाकाे २६ औँ वार्षिकोत्सब तथा १३ औं अधिवेशन सम्पन्न भएको छ ।  कार्यक्रमकाे उद्घाटन तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले जिल्लाकाे स्वास्थ्य, शिक्षा, खेलकुद र सस्कृतिकाे संरक्षणमा क्लबले देखाएको सकृयता प्रशंसालायक रहेको बताए ।

क्लबकाे वार्षिकोत्सबकाे अवसरमा नारायण युवा क्लबका सस्थापक अध्यक्ष एवम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले सामाजिक सञ्जाल मार्फत क्लबकाे उत्तर उत्तर प्रगतीकाे शुभकामना व्यक्त गरेका छन । क्लबले स्थापना काल देखि जिल्लाकाे सामाजिक,शिक्षा,स्वास्थ्य खेलकुद र कला सस्कृतिक संरक्षण र सवर्धनलाई केन्द्रमा राखी सामाजिक कार्य गरिरहेकाे छ ।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले क्लबकाे वि स २०५४ सालमा फुटबल खेल्नु क्रममा स्थापना गरिएको बताए । क्लबले विगतकाे बर्ष रजत जयन्ती सप्ताहाव्यापी कार्यक्रम गरि मनाउन सफल भएकोमा खुशी व्यक्त गरि क्लबसँग वडा सरकारले हातमालाे गेर अगाडि बढ्न तयार रहेको बताए । कार्यक्रमका क्लबका सल्लाहकार नारायण काेइराला, युवराज पाैडेल, बरूण रेग्मी, शकुन्तला बज्राचार्य लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्लबका सचिव विनायक महर्जनले सचिवकाे प्रतिवेदन पेश गरेका थिए । काेषाध्यक्ष सुनिल बुद्वाचार्यले ५ लाख ८२ हजार बराबरको अार्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए । कार्यक्रम क्लबका अध्यक्ष किशाेर दर्शन बज्राचार्यकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय