latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, साउन १९

बगनासकाली गाउँपालिका वाडै न ६ का वार्ड अध्यक्ष लक्ष्मिप्रसाद अधिकारीले नदिजन्य पदार्थ अपचलन सम्बन्धमा आफुमाथी गरिएको जरिमाना राजनैतिक प्रतिशोध भएको बताउनुभएको छ । वार्ड अध्यक्ष अधिकारीले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै आफुलाई गरिएको जरिमाना  प्रति खेद प्रकट गर्नुभएको छ ।
वार्ड अध्यक्ष अधिकारीलाई बगनासकाली गाउँपालिकाले असार ३० गते नदिजन्य पदार्थ अपचलन गरेको भन्दै २ लाख १० हजार जरिमाना गर्न निर्णय गरेको थियो ।
अधिकारीले बैशाख १८ गते गरिएको भनिएको अनुगमनमा वार्डलाई जानकारी नगराई नियमानुसार ठेक्का लागेको घाटबाट गाउँपालिकाको कानुन बमोजिम राजश्व दाखिला गरि स्थानीय ब्यक्तिहरुले नदिजन्य पदार्थ संकलन गरिएको बताउनुभएको छ ।
वार्ड अध्यक्ष अधिकारीले राजनैतिक पूर्वग्रह राखि जननिर्वाचित वार्ड अध्यक्ष माथि कपोकल्पित आरोप लगाईएको दाबि गर्नुभएको छ । उहाँले गाउँपालिकाको कार्यपालिका बैठकमा छलफल समेत नगरि निर्णय समेत पछि लेखाई सफाई दिने मौका समेत नदिई गाउँपालिकाले गरेको प्रचार नियम कानुन सम्मत नभएको वार्ड अध्यक्ष अधिकारीद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
आफुलाई के कती कारण र प्रमाणले जरिमाना गराईएको हो ? बुझ्न र न्यायका लागी गाउँपालिकामा पुनरावलोकनका लागी निबेदन समेत दर्ता गरेको र उक्त निर्णय उपर छलफल र अनुशन्धान गरि निर्णय बदरका लागी जोडदार माग गर्दछु । बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय