latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

पाल्पा, साउन १९

बगनासकाली गाउँपालिका वाडै न ६ का वार्ड अध्यक्ष लक्ष्मिप्रसाद अधिकारीले नदिजन्य पदार्थ अपचलन सम्बन्धमा आफुमाथी गरिएको जरिमाना राजनैतिक प्रतिशोध भएको बताउनुभएको छ । वार्ड अध्यक्ष अधिकारीले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै आफुलाई गरिएको जरिमाना  प्रति खेद प्रकट गर्नुभएको छ ।
वार्ड अध्यक्ष अधिकारीलाई बगनासकाली गाउँपालिकाले असार ३० गते नदिजन्य पदार्थ अपचलन गरेको भन्दै २ लाख १० हजार जरिमाना गर्न निर्णय गरेको थियो ।
अधिकारीले बैशाख १८ गते गरिएको भनिएको अनुगमनमा वार्डलाई जानकारी नगराई नियमानुसार ठेक्का लागेको घाटबाट गाउँपालिकाको कानुन बमोजिम राजश्व दाखिला गरि स्थानीय ब्यक्तिहरुले नदिजन्य पदार्थ संकलन गरिएको बताउनुभएको छ ।
वार्ड अध्यक्ष अधिकारीले राजनैतिक पूर्वग्रह राखि जननिर्वाचित वार्ड अध्यक्ष माथि कपोकल्पित आरोप लगाईएको दाबि गर्नुभएको छ । उहाँले गाउँपालिकाको कार्यपालिका बैठकमा छलफल समेत नगरि निर्णय समेत पछि लेखाई सफाई दिने मौका समेत नदिई गाउँपालिकाले गरेको प्रचार नियम कानुन सम्मत नभएको वार्ड अध्यक्ष अधिकारीद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
आफुलाई के कती कारण र प्रमाणले जरिमाना गराईएको हो ? बुझ्न र न्यायका लागी गाउँपालिकामा पुनरावलोकनका लागी निबेदन समेत दर्ता गरेको र उक्त निर्णय उपर छलफल र अनुशन्धान गरि निर्णय बदरका लागी जोडदार माग गर्दछु । बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय