latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, साउन १६
रोटरी क्लव अफ पाल्पा लुम्बिनीको बार्षिक कार्यक्रम अनुसार २०८० श्रावण १५ गते सोमबारका दिन तानसेन नगरपालिका वाड नं ७ अन्तर्गत प्रभास क्षेत्र परिसरमा विभिन्न जात जातका सिरिस, गुल्मर तथा विभिन्न जातका फलफुलका विरुवाहरुको वृक्षारोपण गरि प्राकृतिक सुन्दरतालाई हराभरा बनाउने साथै प्रभास बगैचामा बर, पिपल,स्वामीका बोट लगाई निकट भविष्यमा रोटरी चौपारी निर्माण गर्ने उद्धेश्य अनुरुप एक कार्यक्रमका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा क्लबका प्रसिडेन्ट रो. रमेश न्यौपानेले रोटरी बर्ष २०२३÷०२४ को योजना अनुरुप संरक्षण सहितको वृक्षारोपण गर्न लागेको जानकारी दिनुभयो । वृक्षारोपण पश्चात रोपेका विरुवाहरुको संरक्षण महत्वपूर्ण भएको कुरामा जोड दिनुभयो । साथै रोपेको विरुवाहरुलाई संरक्षणसहित हुर्काउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा तानसेन नगरपालिका वार्ड नं ७ का अध्यक्ष तथा यसै क्लबका प्रेसिडेन्ट इलेक्ट रो.प्रदिप खनाल,वृक्षरोपण कार्यक्रम संयोजक रो. शिखा पहारी, क्लवका विभिन्न कमिटिका संयोजक, क्लवका रोटरियन सदस्यहरु, ता.न.पा ७ का वार्ड सदस्य शुसिल नेपाल, लगायत रोट¥याक क्लव अफ पाल्पा लुम्बिनीका प्रेसिडेन्ट ,रोट्रयाक्टरहरु साथै स्थानीयहरुको वाक्लो उपस्थिति रहेको क्लबका सेक्रेटरी रोटरियन मुक्तिराम भुसाल र पब्लिक इमेजका डाइरेक्टर रोटरियन भक्तिराम न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय