latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), १५ साउन
पाल्पा रामपुरको बेझाड बजार, रजघरा तथा मटेरी क्षेत्रका खाद्य पसलको अनुगमन गरिएको छ । रामपुर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा, इलाका प्रशासन कार्यालय रामपुर, इलाका प्रहरी कार्यालय रामपुर, रामपुर उद्योग वाणिज्य संघको सहकार्यमा बजार अनुगमन भएको छ । रामपुर नगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक बालकुमारी थापाको नेतृत्वमा विभिन्न खाद्य पसलको अनुगमन गरिएको हो ।

अनुगमनमा क्रममा लेवल नभएका सामान खरिद बिक्रि, खाने र नखाने सामान छुट्टाछुट्टै राखेको, सरसफाईमा ध्यान नदिएको, साइन बोर्ड नराखेको, म्याद नाघेका सामग्री विक्रि गरेको पाइएको छ । अनुगमन टोलीले खाने र नखाने सामग्री छुट्टाछुट्टै स्थानमा राख्नुपर्ने, दर्ता गरेर मात्रै व्यावसाय संचालन गर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, कारोबार थप गरेर मात्र संचालन गर्नुपर्ने, लेवल नभएका सामान खरिद बिक्रि नगर्ने, दर्ता कागजमा देखिने स्थानमा राख्ने, बिल विजक जारी गर्ने, साइन बोर्ड राख्ने, एक हप्ताभित्रमा लेवल नभएका सामग्री हटाउन सुझाव दिइएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभएको छ ।

टोलीले घ्यु, फुल्की, चकलेट, बिस्कुट, बेसार, सुजी लगायतका विभिन्न खाद्य सामग्री जफत गरेको छ । रामपुर नगरपालिकाका अनुगमन समितिका संयोजक तथा नगर उपप्रमुख थापा, निमिक्त प्रमुख प्रशासकिय अधिकृत चेमनप्रकाश पोखरेल, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग विकास अधिकृत देवीराम भण्डारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका नरेश श्रेष्ठ, इलाका प्रशासन कार्यालय रामपुरका जीवन बस्याल, इलाका प्रहरी कार्यालय रामपुरका दलबहादुर बुढा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय