latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), १५ साउन

पाल्पाको रामपुर नगरपालिका ५ स्थित मटेरीमा रहेको रामपुर आधारभुत विद्यालयका शिक्षक विद्यार्थीको समुहले रामपुर नगरपालिकाका विभिन्न स्थानको अवलोकन गरेको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई अवलोकन भ्रमण गराइएको छ । अवालोकन टोलीले रामपुर नगरपालिका वडा नं ६ मा रहेको पर्यटकीय ज्याग्दी पार्क, बाघको ढाड, तालपोखरा लगायतका क्षेत्रको अवलोकन गरेको प्रधानाध्यापक विजय शर्माले जानकारी दिनुभएको छ । साथै रामपुर अस्पतालमा विद्यार्थीको स्वास्थ्य परिक्षण समेत गराइएको प्रधानाध्यापक शर्मा बताउनुहुन्छ ।
“सैद्धान्तिक ज्ञानका अलवा आफ्नै गाउँ ठाउँमा रहेका पर्यटकीय, धार्मिक क्षेत्रको बेला–बेलामा अवलोकन गराउने गरिएको छ” उहाँले भन्नुभयो,–“यस कार्यले विद्यार्थीले पनि आफ्ना गाउँ ठाउँमा भइरहेका विकास निर्माणको बारेमा धेरै जानकारी पाउनेछन्”।
अवलोकन भ्रमणले धेरै कुरा सिक्ने अवसर पाउँदा विद्यार्थीहरु खुशी छन् । रामपुरको नमुना विद्यालयका रुपमा चिनिएको यस रामपुर आधारभुत विद्यालयले विद्यार्थीको मनोभावना बुझेर समयानुकुल शिक्षा प्रदान गर्दै आइरहेको छ । अवलोकन भ्रमण टोलीमा ७९ विद्यार्थी र १३ जना शिक्षक कर्मचारीको सहभागीता रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय