latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, साउन १४

सिद्दार्थ राजमार्गमा पहिराे खस्दा राजमार्ग अवरूद्द भएकाे छ । तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। पहिरो गएराति करिब १० बजे खसेको हो। अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध छ। दुइवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ।

पहिरो ठूलो खसेको हुँदा कतिबेला सुचारु हुन्छ भन्ने यकिन नभएको थापाले बताए। माथिबाट ठुलो ढुंगासहित अझै पहिरो खस्ने खतरा रहेको छ। राजमार्ग अवरुद्ध भएपछि गए रातिदेखि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन्। कयौं यात्रु गन्तव्यमा पुग्न नसकेर बीच  बाटोमै अलपत्र परेका छन्।

प्रहरीका अनुसार सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ठूलो मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको हाे । ब्रेकर लगाएर ढुंगा फुटाएर मात्र सवारी साधन सञ्चालन गर्न सकिने भएकाले सडक सुचारु हुन अझै कम्तीमा दुई घन्टा लाग्ने प्रहरीले जनाएको छ । केही दिनदेखिको अविरल वर्षासँगै खसेको पहिरो बीचमै अड्किएको थियो । ठूलाठूला ढुंगा र लेदोसहितको पहिरो सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा खसेको हो । केही दिनअघि खसेको पहिरोले राजमार्गमा जतिबेला पनि खस्न सक्ने गरी धराप बनाएको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताएका थिए । उनले धराप परेर बसेको पहिरो पुनः खस्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका थिए ।

केही दिनयता परेको अविरल वर्षाले दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेश विन्दु रिब पोर्टल पहिरोले पुरेको थियो । उत्तरतर्फ हेडबक्स रामापिथेकसपार्कतर्फ रहेको सुरुङ प्रवेश विन्दुमा पनि पहिरो खसेर पुरेको थियो । सुरुङमार्गका दुवैतर्फको टनेल प्रवेशमार्गमा पहिरो खसेको हो । उत्तरतर्फको भागमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने आकलन गरिएको थियो । नेपाली प्राविधिकले वर्षायाममा काम नगर्न सुझाव दिए पनि चिनियाँ प्राविधिकले काम गर्दै आएका थिए । पहिरो खस्ने त्रास कायमै रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख रामपुकार जयसवालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय