latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, साउन १२
जबर्जस्ती करणी गरेको भिडियो खिचि सोही भिडियो भाइरल गर्ने धम्की दिएर पटक–पटक जबर्जस्ती करणी गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका वार्ड नम्बर ९ का २४ वर्षका आशिष सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रुपन्देहीकै २५ वर्षीया महिलालाई गत साउन ५ गते तानसेनस्थित एक होटलमा ल्याएर ती पुरुषले जबर्जस्ती करणी गरेको र अश्लिल भिडियोसमेत बनाएको पीडित युवतीले बताएकी छिन् ।
उक्त भिडियो सार्वजनिक गर्ने र सामाजिक भाइरल बनाउने डरधम्की दिएर पुनः साउन ९ गते बिहान करणी गरेको पीडित युवतीको भनाई छ । सोही दिन रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–११, माझगाउँको एक होटलमा ती पुरुषले आफूलाई जबर्जस्ती गरेको पीडित युवतीको भनाई छ ।
करणी गर्ने युवकलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय