latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

सुशीला रेग्मी रामपुर

(पाल्पा), १० साउन

रामपुर नगरपालिका वडा नं २ पाल्पामा वडास्तरिय घुम्ती सेवा शिविर सुरु भएको छ । वडाले घरदैलोमा नै नागरिकलाई सेवा दिने उद्धेश्यले अत्रवासमा बुधवार घुम्ती शिविर आयोजना गरी विभिन्न सेवाहरु प्रदान गरेको छ । शिविरमा सामाजिक सुरक्षा भक्ता परिचय पत्र, नविकरण, निवेदन फाराम संकलन, ज्येष्ठ नागरिक स्वास्थ्य परिक्षण, उपचार, पशु स्वास्थ्य परिक्षण उपचार सेवा दिइएको छ । वडाध्यक्ष कृष्णबहादुर दर्जीको अध्यक्षतामा भएको शिविरमा स्वास्थ्य जाँच सम्बन्धी स्वास्थ्यकर्मी सन्जु थापा, पशुस्वास्थ्य सम्बन्धी नायव पशु सेवा प्राविधिक उपेन्द्रकुमार पण्डित लगायतले सेवा दिनुभएको हो । अत्रवासमा ३५ जना ज्येष्ठ नागरिकले स्वास्थ्य परिक्षण गरी औषधी सेवा लिनुभएको छ भने पशुस्वास्थ्य शिविरमा एक सय गाईभैसी, बाख्रा, बंगुरलाई जुकामाटेको औषधी वितरण, सामाजिक सुरक्षा भक्ता ३३ जनाको नविकरण गरिएको वडा सचिव बासुदेव ढकालले जानकारी दिनुभएको छ । गाउँघरमा नै बसेर ब्लड प्रेसर, सुगर, दम, झाडापखाला, ज्वरो, रुघाखोकीको उपचार तथा औषधी सेवा, सामाजिक सुरक्षा भक्ता नविकरण, पशुचौपायालाई जुकामाटेको औषधी सेवा पाएपछि स्थानीय उत्साहित भएका छन् । शिविरमा वडाध्यक्ष कृष्णबहादुर दर्जी सहित, वडा सदस्यहरु टकमाया थापा, तेजकुमारी गैरे, शिवशंकर जिसी, वडा सचिव बासुदेव ढकाल, टोल विकास संस्थाका पदाधिकारी लगायतले सघाउनुभएको थियो । वडा कार्यालय देखि टाढा रहेका टोल वस्तीमा वडाका जनप्रतिनिधि, कर्मचारी पुगेर सेवा दिन थालेपछि स्थानीयलाई धेरै राहत मिलेको छ । विहिवार अत्रवासटोलमा छुटेकाको सेवा वडा कार्यालयबाट दिने र पर्सी तिलिङ्डाँडा क्षेत्रमा शिविर चलाइने वडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय