latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, साउन ९

पाल्पामा अवै ३८ किलाेग्राम ध्यू नष्ट गरिएकाे छ । तानसेन नगरपालिकाले गरेकाे अनुगमनमा बिना लेबलिङकाे ध्यू अवैध रूपमा घरघरमा पुगेर बेच्दै गरेकाे अवस्थामा बरामद गरि नष्ट गरिएकाे हाे ।

जिल्लाका सराेकारवालाहरू सहितकाे अनुगमन टाेलीले असारमा गरेकाे अनुगमनमा ध्यू जफत गरेकाे थियाे । उक्त जफत ध्यू सराेकारवालाहरूकाे राेहवरमा नष्ट गरिएकाे तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयाे । गण्डकी प्रदेशकी एक महिलाले अवैध ध्यू बिक्रि गर्दै हिडेकाे अवस्थामा टाेलीले जफत गरेकाे थियाे, ध्यू विभिन्न अन्य वस्तु मिश्रित रहेकाे स्वयं महिलाले स्वीकार गरेकाे र अवैध रूपमा व्यापार गरेकाेले नष्ट गरिएकाे उपप्रमुख सिंजालीले बताउनुभयाे ।

अनुगमन टाेलीले बरामद गरेकाे ध्यू परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाइ पठाइएकाे थियाे । खाद् प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पालाइ पत्र लेख्दै ध्यू काे गुणस्तर तथा मापदण्ड बमाेजिम नपाइएकाे भन्दै अवैध ठहर गरेकाे छ ।

पाल्पा उद्याेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराइले ध्यू लेबल नलगाएकाे ध्यू बिक्रि गरेकाे अवस्थामा भेटिएकाेले नष्ट गरिएकाे बताउनुभयाे । उहाँले पाल्पामा पाेके व्यापारी निषेध अभियान नै चलाएकाे र सम्बन्धित निकायहरूमा दर्ता बिना कुनै सामाग्री बिक्रि वितरण गर्न नमिल्ने बताउनुभयाे ।

नष्ट गरिएकाे ध्यू वास्तविक ध्यू समेत नभएकाे र केहीमात्रा ध्यू मा असम्बन्धित वस्तुहरू मिसाइ सस्ताे मूल्यमा बिक्रि वितरण गर्ने गरिएकाे अनुगमन टाेलीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय