latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी र राजेन्द्र गोपाल सिंहलाई गुञ्जन साहित्य सम्मान २०७९ द्वारा सम्मान गरिएकाे छ । नेपाली साहित्यको विकास, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै गुञ्जनले रेग्मी र सिहंलाई गुञ्जन साहित्य सम्मान २०७९ द्वारा सम्मान गरेको छ ।

बरिष्ठ साहित्यकार प्रा.डा. अभि सुवेदी, विशिष्ट अतिथि साहित्यकार रमा शर्मा र संस्थाका अध्यक्ष जलेश्वरी श्रेष्ठले संयुक्त रुपमा सम्मान गरेका थिए । पाल्पामा रहेर नेपाली साहित्यको श्रीवृद्धिमा रेग्मी र सिंहले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनीहरु विभिन्न साहित्यिक संघसंस्थाहरुबाट साहित्यको विकासमा निरन्तर क्रियाशिल रहँदै आएका छन् । सम्मानित व्यक्तित्व रेग्मी पाल्पा साहित्य समाज, शिक्षा, स्वास्थ्य साहित्य प्रतिष्ठान पाल्पाका अध्यक्ष हुन् भने सिंह पाल्पा साहित्य समाजका संरक्षक हुन् । रेग्मीले उपन्यास कविता, कथा, जीवनी, गजल, अनुसन्धान लगायतका दुई दर्जन बढी कृतिहरु प्रकाशित गरिसकेका छन्, भने दर्जानौ साहित्यिक सम्मानबाट सम्मानित समेत भएका छन् । उनी तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत हुन् । सिंह साहित्यकार र राजनीतिज्ञ समेत हुन् । उनले साहित्यिक संघसंस्थामार्फत पाल्पाको साहित्यिक विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । कार्यक्रममा गुञ्जनकी सदस्य डा. रजनी ढकालले सम्मानित व्यक्तित्व माथि प्रकाश पारेकी थिएन ।

‘श्रष्टादेखि श्रष्टासम्म सम्पर्कको निरन्तरता : सिर्जनामा जीवन्तता’ भन्ने नाराका साथ वि.स. २०५४ मा स्थापित गुञ्जन नारी साहित्य संस्थाले नेपाली साहित्यको क्षेत्रमा साहित्यिक यात्रा, लेखन, वाचन तथा प्रकाशन, सम्मान तथा पुरस्कार समर्पण लगायतका साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । गुञ्जनले साहित्यकार गीता कार्की, भुवन ढुाना, राधिका लिम्बू, विश्व मोहन श्रेष्ठ, रेवतीराज भण्डारी र लक्ष्मीराज भण्डारीलाई समेत विभिन्न पुरस्कारबाट सम्मानित गरेको छ । कार्यक्रममा गुञ्जनद्वारा प्रकाशित रजत जयन्ती स्मारिका पनि विमोचन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय