latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

बिष्णु खनाल
पाल्पा, असार ३२
पाल्पामा पछिल्लो आर्थिक बर्षमा अपराधिक घटनामा बृद्धी भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले आईतबार पत्रकार सम्मेलन गरि बिगत तीन बर्षको कार्यसमिक्षा बिबरण सार्वजनिक गरेको हो ।
जिल्लामा पछिल्लो आर्थिक बर्षमा आत्महत्याका घटनामा समेत बृद्धि भएको छ । त्रिबर्षिय तुलनात्मक आधारमा आर्थिक बर्ष २०७९÷८० मा ८६ जनाले अत्महत्यामा गरेको तथ्य जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रस्तुत गरेको छ । सोहि प्रकृतिको घटनामा आर्थिक बर्ष २०७७÷७८ मा ७६ जना र २०७८÷७९ मा ७२ जनाले अत्महत्या गरेको छन् । प्रहरी कार्यालयले आत्महत्या बढ्नुमा मानसिक रोग, अपमान बोध, लागुऔषध सेवन, मादक पदार्थ सेवन, चरम आर्थिक नोक्सानी, असफल प्रेम जस्ता कारण मुख्य रहेको बताएको छ ।
त्यस्तै उदास र निराशावादी भावना, अत्याधिक रिस, सहन नसक्ने घटना, गम्भिर रोग, असन्तुष्टि, दुब्र्यबहार, पारिवारीक कलह, अश्वभाबिक उच्च अपेक्षा जस्ता कारणले आत्महत्या बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले बताउनुभयो ।
त्यस्तै जिल्लामा नदिजन्य उत्खनन र कारवाहीका घटना समेत यो आर्थिक बर्षमा बृद्धि भएका छन् । आर्थिक बर्ष २०७९÷८० मा नदिजन्य चोरीका घटनाबाट ११६ सवारी पक्राउ परेका छन् । भने सोहि प्रकृतिको घटनामा आर्थिक बर्ष २०७७÷७८ मा २७ र आर्थिक बर्ष २०७८÷७९ मा ६३ वटा सवारी नियन्त्रणमा लिएर कारवाही गरिएको प्रहरीको तथ्याङ्क छ ।
प्रहरीका अनुसार जिल्लामा लागुऔषध अपराधका घटनामा समेत बृद्धि भएका छन् । आर्थिक बर्ष २०७७÷७८ मा ६ जना पक्राउ परेकोमा आर्थिक बर्ष २०७८÷७९ मा ६ जना पक्राउ गर्दा आर्थिक बर्ष २०७९÷८० मा ११ जना अभियुक्त पक्राउ परेका छन् ।
जिल्ल प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा आर्थिक बर्ष २०७७÷७८ मा ५४ जनाले ज्यान गुमाएका छन् । भने आर्थिक बर्ष २०७८÷७९ मा घटेर मृत्यु हुनेको संख्या २५ मा झरेको छ । त्यस्तै आर्थिक बर्ष २०७९÷८० मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या बढेर ४० जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माका अनुसार पाल्पामा बिगतमा भन्दा अपराध तथा अभियुक्त पक्राउको संख्या बढेको भएपनि जिल्लामा त्यस्तो बढी सुरक्षा चुनौती नभएको बताउनुभयो । उहाँले प्रहरीको सकृयताका कारण शान्ति सुरक्षाको बिषयमा उल्लेखीय प्रगतीहुदा घटना बढी देखिनु स्वभाबिक भएको बताउनुभयो । उहाँले रिब्दीकोट ५ कुसुमखोला माराबासको बृद्ध महिला हत्याको घटना हालसम्म पनि पत्ता लाग्न नसकेको बताउनुभयो । प्रमुख शर्माले उक्त घटना अझै पनि अनुसन्धानकै क्रममा रहेको पत्रकारहरुलाई जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकार अनिल लिगल, मुक्ति न्यौपाने, माधब अर्याल, यज्ञमूर्ती तिमिल्सेना, भुवन रायमाझी रेखीराम राना लगायतले जिज्ञासा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय