latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असार ३१
तानसेन खानेपानीे उपभोक्ता समितिको सचिवालयको ताला नयाँ बनेको तदर्थ समितिले फोरेको छ । तदर्थ समितिले ताला फोरेर मुचुल्का तयारी गरी आज देखि कार्यालय सुचारु गरेको छ ।
डा पुरनमान वज्राचार्यको अध्यक्षातामा रहेको पुरानो समितिलाई विघठन गरी असार २१ गते तानसेन नगरपालिकामा भएको उपभोक्ताहरुको भेलाले मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । गठित तदर्थ समितिले पुरानो विघठीत समितिसंग पटक पटक साचो बुुझाउन आग्रह गर्दै आएकोमा साचो नवुझाई मुद्दा मामिलामा लागेपछि ताला फोरिएको हो । उपभोक्ताको चाहना अनुसार काम गर्न ढिलो भएपछि ताला फोर्न वाध्य भएको तदर्थ समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले छ महिना भित्र कार्यालयलाई चुस्तदुरुस्त रुपमा संचालन गर्ने बताउनुभयो ।
उहाँले पटक पटक पुरानो समितिलाई आग्रह गर्दा पनि ताला नबुझाएपछि बाध्य भएर सचिवालयको ताला फोर्नु परेको बताउनुभयो । ताला फोरेर जिल्ला प्रशासन, तानसेन नगरपालिका, पत्रकार, तथा उपभोक्ताको रोहवरमा मुचुल्का गरिएको तानसेन खानेपानी तदर्थ समितिले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय