latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, २९ असार
आदिकवि भानुभक्त आचार्यको २१० ओै जन्मजयन्तीको अवसरमा पाल्पा साहित्य समाजले कविगोष्ठी समारोहको आयोजना गरेको छ । विशिष्ट अतिथि इतिहासविद निर्मल श्रेष्ठले पाल्पा साहित्य समाजले समय सापेक्ष कार्यक्रम गर्दै आएको बताउनुभयो । कार्यक्रम बिबिधतायुक्त तथा पृथक रहेको र समाजले कार्यक्रमलाई निरन्तरता दिइरहन पर्ने धारणा राख्नुभयो । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले, भाषा साहित्यको क्षेत्रमा भानुभक्तको योगदानलाई सब‌ैले सम्झनुपर्ने र सोचमा परिवर्तन ल्याउनु पर्ने बताउनुभयो
भानुभक्त माथि संक्षेपमा प्रतिभा पौडेल प्रकाश पर्नुभएको थियो । पद्यम पब्लिक मा। बि। बिधार्थीहरू सिर्जना कार्की र जानुमाया हिस्की, पाल्पा प्यारागन स्कूलकी केकी बस्यालले भानुभक्त माथि वक्तृत्व प्रस्तुत गर्नुभयो ।
साहित्यकार डा। शंकर गैरे,नारायण प्रसाद शर्मा र पप माबि। का प्रधानाध्यापक सन्तवीर बरालले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कवि गोष्ठीमा आरती बस्याल,सुबिना बस्याल,केकी बस्याल र भूमिका बस्याल गरि चार जना बिधार्थीले भानुभक्त बिषयक कविता वाचन गरेका थिए । कार्यक्रममा होमनाथ शर्मा , चन्द्रकला न्यौपाने ,गणेश नेपाली,राधादेवी पाण्डे ,इन्दिरा ज्ञवाली, जनकराज कँडेल ,जनक भण्डारी ,शंकर ढकाल, भावना खनाल,गोविन्द भट्टराई ,धर्मचन्द्र नेपाल,गुणवती के सी,महेन्द्र पन्थी, सरस्वती भट्टराई ,नारायण प्रसाद शर्मा ,सन्तवीर बराल,अमर भाट,पुरूषोत्तम अर्याल,नारायणी शर्मा ,रेकराज बस्याल,डा। शंकर गैरे,गोविन्द खनाल,युवराज पौड्याल,रोहितप्रसाद ज्ञवाली,चित्रवलीराम सुवाल र पुष्कर अथक रेग्मीद्वाले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा पप मा विका बिधार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । उत्कृष्ट नृत्य प्रस्तुत गर्ने बिधार्थीहरूलाई पाल्पा साहित्य समाजको तर्फबाट नगद रू १ हजार पुरस्कार प्रदान गरिएको थियो । कवि गोष्ठीको अध्यक्षता समाजका अध्यक्ष पुष्कर अथक रेग्मी , स्वागत सदस्य इन्दिरा ज्ञवाली र कार्यक्रम संचालन सचिव सविता भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय