latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), असार २९

रामपुर नगरपालिकाले आगामी वर्षको लागि रु ७२ करोड ८५ लाख बराबरको वजेट पारित गरेको छ । नगरसभा तथा १३ औँ अधिवेशनको दोस्रो बैठकले संशोधनसहित वजेट सर्वसम्मत रुपमा पारित गरेको हो ।
यसअघि नगर सभाको पहिलो बैठकमा आर्थिक वर्ष २०८०÷०८१ का लागि रु ६९ करोड ७२ लाख ५० हजार बराबरको अनुमानित वजेट प्रस्तुत भएकोमा वजेटमा नगर उपप्रमुख बालकुमारी थापाले नगर सभामा प्रस्तुत गर्नुभएको रु तीन करोड १२ लाख ५० हजार बढाएर रु ७२ करोड ८५ लाखको वजेट पारित गरेको हो ।
आन्तरिक आम्दानी बृद्धि गरी क्रमागत तर्फको वजेट बाँकी रहेकाले वजेटको आकार केही बढेको नगर उपप्रमुख थापाले जानकारी दिनुभयो । नगरपालिकाले आयतर्फ संघिय समानिकरण अनुदान रु ११ करोड ७७ लाख, संघीय राजश्व बाँडफाँडबाट रु दश करोड ४२ लाख २२ हजार, संघीय समपुरक (पूँजीगत) रु ६० लाख, संघीय विशेष अनुदान रु ८० लाख, संघीय सशर्त (चालु) रु ३२ करोड ८४ लाख, संघीय सशर्त पूंजीगत) रु एक करोड ७६ लाख, प्रदेश समानिकरण अनुदान रु ८५ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड रु ८७ लाख १६ हजार ३४८, प्रदेश समपुरक रु एक करोड ५० लाख, प्रदेश सशर्त रु एक करोड १६ लाख ५० हजार र आन्तरिक स्रोततर्फ रु सात करोड लाख र अल्या रु तीन करोड २६ लाख १५ हजार ६५२ अनुमान गरिएको छ ।
नगरपालिकाले क्षेत्रगत वजेट सिमा निर्धारण गरेको छ । जसअनुसार आर्थिक विकासतर्फ रु दुई करोड ५६ लाख ३० हजार, सामाजिक विकासतर्फ रु ३६ करोड ६१ लाख ३० हजार २१८, पूर्वाधार विकासतर्फ रु १४ करोड ६० लाख ९९ हजार ७८२, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ रु तीन करोड २२ लाख ४३ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु १६ करोड ६४ लाख सात हजार वजेट सिमा तोकेको छ ।
नगर प्रमुख रमणबहादुर थापाले निर्णयार्थ प्रस्तुत गर्नु भएको वजेट तथा ऐन, नियमावली, प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । नगर सभामा सुशासन समितिका संयोजक कपिलबहादुर खाँणले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, नगर सचेतक दिवाकर देवकोटाले नगर प्रहरी सेवा संगठन सञ्चालन तथा व्यवस्थापन ऐन २०८० को मस्यौदा, लेखा समितिका संयोजक दामोदर पाठकले लेखा समितिको प्रतिवेदन र आर्थिक विकास समिति संयोजक दुर्गादेवी भण्डारी गौतमले लेखा समितिको कार्य सञ्चालन नियमावली प्रस्तुत गर्नु भएको छ । नगर प्रमुख थापाको अध्यक्षतामा भएको नगर सभा बैठक रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय