latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बिष्णु खनाल
पाल्पा, असार २६
नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधब कुमार नेपालले ललिता निवास जग्गा प्रकरण लगायत देशै भरिका सरकारी जग्गामा भ्रष्टाचारसंग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुर्ने बताउनुभएको छ ।
मंगलबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफु लगायत पूर्बप्रधानमन्त्रीहरु थुप्रैको नाम जोडिएकाले सत्य तथ्य छानबिन गरि बाहिर ल्याउनु पर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा “ललिता निवास जग्गा प्रकरणमा कसैकसैले मेरो नाम पनि मुछेका छन् । स्वभाविक हो । मेरो पालामा भएकाले मेरो नाम आउन सक्दछ । कृष्णप्रसाद भट्टराईको पालामा भएकाले उहाँको नाम आउन सक्दछ । गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको पालामा भएको हुनाले उहाँहरुको नाम आउन सक्दछ । त्यस्तै केपी ओलीको पालामा भएकाले केपी ओलीको नाम आउन सक्दछ । बाबुराम भट्टराईको पालामा भएपछि उहाँको नाम आउन सक्दछ । प्रचण्डको पालामा भएपछि उहाँको नाम आउन सक्दछ । नाम आउने बित्तिकै आफूले बदमासी गरेको छैन भने आत्तिनु पर्ने कुनै आबश्यकता छैन ।” उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले सिस्टममा समस्या भए त्यसलाई सुधार गर्नुपर्ने बताउनुभयो । आफ्नो पालामा सरकारी जग्गा र अन्य जग्गा कानुन सम्बत ढंगबाट छुट्टाएर अगाडी बढाउनु भन्ने निर्णय भएको बताउनुभयो । उहाँले बताउनुभयो । उहाँले दोषी र निर्दोषीलाई एउटै घानमा राख्न नहुने बताउदै यसो भयो भने असलहरुले प्रोत्साहन नपाउने र खराबहरुले खराब काम गर्न झन उदद्त हुने धारण राख्नुभयो ।
अध्यक्ष नेपालले भावना मिल्नेहरुले समाजबादी मोर्चा बनाएको बताउनुभयो । तत्कालै समाजबादी मोर्चा अर्को कम्युनिष्ठ पार्टीको रुपमा रुपान्तरण नहुने बताउदै उहाँले राजनैतीक स्थायीत्वका लागी मोर्चा बनेको धारणा राख्नुभयो । नेपालले कांग्रेसकै सल्लाहमा मोर्चा बनेको जनाउदै यसले राजनैतीक स्थायीत्व हुने धारणा राख्नुभयो ।
कार्यक्रममा पत्रकार भोजराज भट्टराई, किरण कौशल, देब पचभैया, कृष्ण पोखरेलले जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाको अध्यक्षता उपाध्यक्ष भरत शर्माको स्वागत र सचिब यज्ञमूर्ती तिमिल्सेनाको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय